ठकुरी



कुसुण्डा, राउटे र ठकुरी 

कुसुण्डाराउटेलाई अधिकांश ठकुरीहरूसंग सामाजिक र सांस्कृतिक ढांचा जोडिदिएर उनीहरुको भेषभुषा र पोशाकलाइ ठकुरीले अंगालीदियाे भने अहिलेका कुसुण्डा र राउटेहरूकाे कारणले शहरिया  ठकुरीहरूको आदिवासी पाटो खुल्छ । ठकुरी सघं सस्था, विज्ञ, वुद्धिजिवीवर्गले यस विषयमा राउटे कुसुण्डाको इतिहास र उनीहरुको व्यवहार तथा इतिहासकाे अध्ययन गरेर अघि बढ्नुको अर्को विकल्प छैन । अन्य नेपालीहरुले जानेर वा नजानेर ठकुरीहरूलाइ राउटे वा कुसुण्डा भन्ने गर्दछन, यो यथार्थ भोगाइ पनि हो यसका एतिहासिक र सामाजिक आधारहरू छन  । राउटेहरूलाइ देखेर हासाे ठान्नेहरूले उनिहरूकाे मर्म बुझेका छैनन । कुसुण्डा र राउटेहरूले  छाती ठोकेर निस्वार्थ घमण्डका साथ ठकुरी भनेर परिचय दिन्छन। यन जी ओ र आई यन जी ओ को मागिखाने र देखाउने स्रोत वनेका उनिहरूको आर्थिक अवस्था र कमजोरी पन अत्यन्त न्यून किसिमको छ । हरेक अन्तर्वार्तामा  ठकुरी हौ भन्न नछुटाउने कुसुण्डाहरूले शाही र सेन तथा राउटेहरू भित्र  शाही, सेन, सिङ, छन्त्याल, चन्द थर भए पनि सबैले समान शाही ठकुरी  वताउने रासकोटी, कल्याल र सोवशी गरेर ३ किसिमको ठकुरी भनेेर पहिचान दिने उनिहरू र हामी ठकुरीमा धेरै समानता रहेछ । यथार्थ के हो भने राउटेहरले उनिहरू पनि ठकुरी हौँ भनेर पहिचान दिन्छन, हामी सहरका ठकुरी हाै भनेर फुलिने गर्छाै  । विभिन्न समाजशास्त्री र इतिहासविदले राउटे, कुसुण्डा र ठकुरी एकल जाति थिए भनेर विभिन्न प्रमाणहरू दिएका छन् ।ठकुरीलाई ज्ञात रहोस अरु जातिले  कुसुण्डा भनि बोलाउथे,  अझै पनि बुझेर र नवुझिकन कुसुण्डा नै भन्छन। समाजमा हुने भनाइ र समुदायको वनावटले ऐतिहासिकता झल्काउछ । नेवारहरूलाइ ज्यापु, मगरलाइ लाफा,  गुरूङ्गलाइ तमु, तमाङ्गहरूलाइ भोटे क्षेत्रीलाइ खस भने झै  ठकुरीहरूलाइ कुसुण्डा र राउटे जातिय  यथार्थ हुन । 

 तल लेखिएको वान्क्याशले ठकुरीको यथार्थ देखाउछ ।  

Reinhard and Toba को अध्ययनलाइ हेरौ  '' Thakuris while Rautes and Kusundas have taken Thakuri surnames as; shahi, sen, malla and shah. a Thakuri erupts in bad temper when one talks of Kusunda in front of him. I had that kind of experience in one of expenditions in search for Kusundas. The Thakuris are derogatively called ' Kusundas' The Kusunda origin story as documented by Reinhard and Toba tells Kusunda, Thakuri and Magars are blood brothers. 

त्यसैले ठकुरीले आफ्नो इतिहास यसैलाई आधारमानेर फेरी खोज्नुु पर्छ, शहरिया कहिएका ठकुरीहरूले आफ्नो मुल्य, मान्यता र सामाजिक रहन सहन, भाषा भेष भुषालाई विर्सिएको पक्का हो । किनकी हरेक ठकुरी चलाख र धनी हुँदै गयो भने उ बाठो वनेर सामाजिक रितिस्थितिको सन्सारमा राणा सँग साइनो गास्दै सहरिया क्षेत्रीवाहुनको रितिस्थितिमा सजिलै घुलमिल हुन पुग्छन, तिनै समुदायले अत्यधिक राजा र माहाराजा भनेर सम्वोधन गरिदिने भएकोले केहि खान्दानी नामका ठकुरीहरूले आफ्नो इतिहासै विर्सेर एउटा आवरण र सतहमा रमाइरहेको सामाजिक परिवेश हो आजको समाज, यहि समाजमा जान्ने र सुन्नै भनेर ठकुरीको इतिहास लेख्नेहरूले विष्णुभगवानको अवतार ठकुरीहरू हुन भनेर धर्म र इतिहासलाइ गिज्याउने काम गरेका छन  । त्यहि मिश्रित समुदायबाट निखारिएको झर्रा ठकुरी मात्र होइन ठकुरी शव्दको वर्णन पनि पाउन गार्हो भएको छ । 

नेपालको आम राजनितिक र सामाजिक परिवर्तन पछि जनजातिका अगुवाले आफ्ना पुराना रितिरिवाज के थियो  भनेर जान्न चाहे र उनिहरूले पुरानो सस्कृतिको राम्रा पक्षकाे अनुसरण गर्दै समाजलाइ वैज्ञानिकरण र आधुनिकिकरण गरे फलत संस्कृति, भाषा र भेषमा आमुल परिवर्तन ल्याए ।  आज ठकुरीहरूले यहि उदाहरणवाट धेरै कुरा सिक्नै पर्छ। धेरै ठकुरीहरूले पुरानो आदिवासी अवस्था के थियो खोज्ने होईन सोध्ने प्रयत्न पनि गरेका छैनौ ।
दरवारमा के खाए, ( खाइवक्सेको छ ) भुजा ।  के लाए ( लाइवक्सेको छ ) जामा र दाैरा शुरूवाल  भनेर पाे इतिहास  खाेजेकाे देखियाे । भारतिय राजपुत र खस क्षेत्री राणा कुवरले १० पुस्ता गाजेकाे पछिल्लाे शाह वंशकाे राजदरवारकाे क्रियाकलाप  खाेजेर ठकुरीहरूकाे इतिहास पाइदैन न त ठकुरी समुदायको एतिहासकि न्याय नै हुन्छ ।   याे पश्चगमन जाने आत्माघाति कदम हाे ।  
पुरानाे मान्यता अनुसार आदिवासी जनजाति भनेकाे गवाँर लाटा र परिवर्तन नचाहाने स्वाठ हाे, त्यसैले हिन्दु मान्यतामा व्राम्हण, क्षेत्री, वैश्य र शुद्रको अवधाराणा ल्याएका थिए । ज्ञाताव्य रहोस व्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विभाजनमा गुरूङ्ग, मगर, राइ, लिम्वु, नेवार, तमाङ्ग, शेर्पा र थारू जस्ता आफ्नै माैलिक भाषीभएका जातिहरू पर्दैनन  । ठकुरी हुँ भनेर इतिहासको दन्त्यकथा घोकेर वस्नेहरूले के स्मरण गर्नु पर्छ भने नेपालको गण्डक क्षेत्रका ठकुरीहरू मगर थिए । त्यहि मगरात क्षेत्रमा टाठा भएका रजाैटाहरूको सम्वन्ध दक्षिण देखि आएका आर्य व्रम्हण सग भयो तव तिनै मगरहरूले गोत्र र वंश धारण गरेर क्षेत्री बने तथा ठालु वने तिनै ठालुहरू ठकुरी बनेका हुन  । मगरबाट ठकुरी बनेको हो भन्ने लेखकहरू ह्यामिल्टन वुचानानले नेपाल वर्णनमा , डोरवहादुर विष्टले सबैजातको फुलबारीमा, सुर्यमणि अधिकारीले खसजातिको इतिहासमा, सुजित मैनालीले शिलान्यासमा, प्रयागराज शर्मा ले इन्साइक्लोपेडियामा, एडेनभान्सिटार्टले नोटअफ नेपालमा, इमानसिङचेमजोङ, डा जगमान गुरूङ, यम यस थापा मगर लगायत १०० याै इतिहासविदले गण्डक क्षेत्र वरपरका ठकुरीहरू मगर थिए भनेका थिए । भर्खरै मात्र काठमाडाैमा ठकुरीहरूले इतिहास र संस्कार संस्कृतिको कार्यक्रम राखेर डा जगमान गुरूङ्गलाइ आतिथ्य बनाएर राखेको कार्यक्रममा पनि डा जगमान गुरूङ्गले मगर र गुरूङ्गबाट अपग्रेड भएका ठकुरीहरू, विहार गाँउको ठकुरीहरू मतवाली थिए भनेर विश्लेषण गरेको सुनेका र देखेका थियाै ।  ठकुरी भनेको खुडा हान्ने जात र शारिरिक वनावटमा पनि गुरूङ्ग मगर जस्ता देखिने जातिहरू मगरबाट विस्तारै अपग्रेड हुँदै गएको कुरा नागरिक अनलाइनमा दोहोराउनु भएको छ । वाहुनले स्वस्ति माहाराज भनेर राजा ठकुरीलाइ निहुरी परेर दण्डवत गरे पछि किन मगर भाषा वोल्न पर्यो ? किन सुगुरको मासु खान पर्यो भनेर ठकुरीहरू राजा भए पछि मगर भाषा र संस्कार छाडेको विषय दोहोराउनु भएको छ ।  

वास्तविक रूपमा आइ.यल.ओ सयुक्त राष्ट्र संघको मान्यता अनुसार आदिबासी भनेको छुट्टै भाषा संस्कार र संस्कृतिभएको जाति हो। त्यहि अनुसार ठकुरी पनि एउटा जात Tribe थियो।  तर ठकुरीहरूले जाति Caste वन्ने गल्ति प्रयास गरे ।  त्यसैले जात Tribe र जाति Caste मा फरक छ । धेरै अध्यता, इतिहासविद र समाजशास्त्रीले ठकुरी जात हाेइन पद हाे भन्नुकाे मुल कारण यहि Tribe जात नभएर हाे । ठकुरीकाे जात राउटे र कुसुण्डा हाे । त्यहि राउटे र  कुसुण्डाकाे पद ठकुरी हाे । 

सामाजिक रहन सहन,  पुर्खा र संस्कति

आफ्ना पिता पुर्खाले वायी (बाही) पुजा गर्दै आएका कयौं  ठकुरीहरू आजभोली सक्कली हुन्दु हुन श्राद्द गर्न बाहुन वाेलाउछन । भानिजको छेवर गर्ने मामा भान्जाको अपार प्रगाढ प्रचलन ठकुरीको होइन भनेर  छाड्दै आएका छन । भेडाले कुल पुजा गर्दै आएका ठकुरीहरू उनिहरूकाे पुर्खाैलि सन्तान चिसाे ठाउ तिर नै थियाे भनेकाे हाे । भेडा पाउन छाडेकाले वाेकाले प्रतिस्थापन गरे पछि, वाख्रा, बाेका र कुखुरा पाउने मदेश वा भारतकाे विहार तिर ठकुरीकाे मुल देखाउन खाेज्ने जातिवादीहरूकाे दुस्साहस हाे ।  इतिहास खोज्न सक्नु पर्छ र सकारात्मक सोच राखेर अघि बढ्नु पर्छ इतिहास पढने र घाेक्ने हाेइन अध्ययन गर्न सिकाै। यस्ताे गर्विलाे उदाहरण हुदाँ पनि मगर सँग कुल र मुल जोडेर कुल पुजा गर्ने अनि गर्मी ठाउ राजस्थानका पठार देखाएर राजपुत भएको अल्पबुज्रूकहरूले दुनियाँ हसाउछन  । 

धेरै जान्ने हुनु भन्दा अघि अलिकति इतिहास खोजौं र अध्ययन गराै । कुनै पनि विषयमा यथेष्ट प्रमाण र सन्दर्व सामाग्री विना लेख्नै वाेल्ने गर्न हुदैन । कुलधर्म र साथ नछाेडेस भनेर आशिरवाद दिने र  लिने हाम्रा पुर्खाकाे मर्म खाेजाै।  सालैजाे, नाचरी, बालनमा नाच्ने ठकुरी संस्कारलाइ  अपनत्व गराै । मामाको छोरी विहे र छेवर प्रथा ठकुरीको पनि थियो भनेर इतिहास बुझौं ।   ठकुरीहरू स्थानिय देवीदेवता पुज्ने, मारूनी, वालन, र झ्याउरे लोक सस्कृतिसगं रमाउने गर्थे तर कार्णली पारी सुदुर पश्चिम तिरका ठकुरीहरू गाैरा पर्वसग रमाउथे  । ठकुरीहरू सधैँ आफु र आफ्नो जात धर्म भन्दा राष्ट्रको सेवामा  समर्पित हुने गरेकाे देखिन्छ, राजपाठ अरूले खाेसेर लगिसक्याे पहिचानकाे नाममा छाेटे महाराज बनेर दुनियाँ हसाउन हुन्न  । साइनोमा दर्शन र नातामा मुमा, वुवा आजी दाजी क्षेमा, जिजुवुवा, जिजुमुमा आदि आदरार्थी साइनोहरू पृथक निधी हो र आफ्नो पहिचान खोज्नु पर्छ तर दैनिक प्रयोगको अभावले हामी मै यस्ता शव्दहरु दूर्लव भैसक्यो । तर ठाँउ अनुसार ठकुरीहरूकाे फरक फरक शारिरिक वनावट, फरक बाेलीचाली, फरक फरक संस्कार र सस्कृति पाइन्छ । राजा पृथ्वी नारायण शाहले  मामाको छोरी  बिहे गरेका थिए, यहि नाताले नेपाल एकिकरण गर्न प्रेरणाकाे श्राेत बनेकाे वहाँकाे दिब्यउपदेशमा पढ्न पाउछाै । जहाँ अधिकास २२ र २४ राज्यका ठकुरीहरू अहिले पनि मामाको छाेरी विहे गर्ने छन । यहि प्रथा ठकुरीहरूकाे महत्वपुर्ण पहिचान हाे र उतिवेलाकाे राज परिवारलाइ शक्तिशाली  बनाएकाे संगठनकाे प्राण मामाको छोरी साली मानेर गर्ने प्रथा थियाे मामाकाे छाेरी विहे प्रचलन जसले आज हामीलाइ ठकुरी भनेर गर्व गर्ने प्रेरणाकाे श्राेत बनाइदिएको यथार्थलाई  बिर्सनु हुन्न ।  

लिच्छवी काल पछिको वैश्य ठकुरीकालको वर्णन बाबुराम आचार्य द्वारा लिखित नेपालकाे संक्षिप्त वृतान्त भन्ने पुस्तकमा उल्लेख छन । याे वैश्य ठकुरी काल कहाँ विलिन भयो ? के त्यहि कालका ठकुरीहरू आजका ठकुरीका पुर्खा थिए ? यदि थिए भने ति ठकुरीहरू वैश्य बनेर राज्य नै सञ्चालन गरेको ठकुरीहरू आजको क्षेत्री आवरणमा किन रमाइरहेका छन ? 

शाह वंश र यथार्थ 

ठकुरीहरूको शारिरीक संरचना, ईमान्दारिता  वोली लगाई र खुवाइको विषयमा एडेन भान्सिटार्टले आफुले देखेको र त्यही अनुभव लेखेको उनको पुस्तक नोट्स अफ नेपालमा वर्णन गरेका छन । उनि एक आर्मी अफिसर थिए जो भारतमा बसेर गोर्खाली सेना भित्र जातीय  अध्ययन गरेका थिए । उनको पुस्तकमा ठकुरीलाई Thakurs शिर्षकमा ब्याख्या गरिएको छ । ठकुरी, मगर र गुरुङ को शारिरीक वनावट-लगाई र खुवाइ समानता रहेको उल्लेख गरिएको उक्त पुस्तक नेपालको इतिहासको कितावमा ठकुरीहरूलाइ छुट्टै शिर्षक राखेर लेखिएको पुस्तक हरेक ठकुरीहरूले पढ्नै पर्छ ।  त्यस्तै अर्का समाज शास्त्री Frances Hamilton Buchanan ले  An Account of Kingdom of Nepal  मा शाहहरू नेपालको आदिवासी मगर जातिको वंश भएको उल्लेख गरेका छन l डोरवहादुर विष्टले पनि ठकुरी शाहहरु मंगोल वा मगर हुन, देखेर पनि नदेखे झै गर्ने नेपाली समाजलाई उनले वाहुनवादको सिकार भएको सबैजातको फुलबारीमा जिकिर गरेका छन । प्रोफेस्वर सुर्यमणि अधिकारीले पनि  सेन, सिंह, शाह, खान र शाही खस राजाको अवसान पछी मगर सामन्तले राखेको थर र पद भनेर खस जाति नामक पुस्तकमा लेखेका छन् । नेपाल एकीकरण गरिसके पछी पनि फेरी सानो राज्य मगारातको वा मगर राजा मै हुँ भनेर वडा महाराजलाइ त्यो घमण्ड किन उठ्यो भनेर फेरीपनि समिक्षा गर्नु पर्ने देखिन्छ  । शाह वशंको आदि पुर्खा खान्चा खान र मिन्चा खानको सत्य खोज्न ईतिहासको पाना पल्टाउन पर्ला तर  ज्ञातव्य रहोस खान्चा र मिचा मगर भाषावाट सवोधन भएका नाम  जेठा र कान्छा हुन भने मगर भाषामा खान भनेको राजा हो । 

शाह र मगर एउटै जात नभएको भए मगरभाषामा राजाको नामाकारण नै हुने थिएन । हिन्दुधर्ममा यदि शाहहरू क्षेत्री राजपुत  भएको भए   सुगुर छुदैनथे । भारतका राजपुतहरूले सुगुरले के उनिहरूको कुलमा रगतको वली पनि चढ्दैन ।  शाह वा ठकुरीहरू मगर नै हुन त्यसैले उनिहरूले विर्सन खोजे पनि  आफ्नो कुलमा सुँगुरले पुज्ने परम्परा  आज सम्म छ । यति भाषा लेख्न ठकुरी राजपुत र माहाराज र माहारानीको नामधारी ठकुरीहरू सर्माइवक्सन्छ ।  आफ्नै कुल र मुललाइ पराय ठानेको शाह राजपरिवार आज भुपु बनेको छ भने ठकुरी सङ्गठनहरू विणा हराएर खोज्दै हिडेको मृग बनेका छन । मगरको बल वुताले बनेको वावुसाहेवको पहिचान वाहुनको पात्रोमा रूमलिएको ठकुरीहरू छाती खोलेर टाउकोमा टुपी पालेर र काँधमा जनै लाएर काठमाडाैको टुडिखेलमा जम्मा भएर जुलुस निकाल्न पनि सक्दैनन भने मगरले झै कछाडलाएर पृथ्विनारायण शाहले झै मगारातको ठकुरी हुँ भनेर भन्न पनि सक्दैनन । 
राजदरवारले त वरू आफ्नो स्वार्थ नरहुञ्ज्याल मगरलाई प्रयोग गर्यो । तर मगरहरूले ठकुरीहरूलाई कुलमा सघाइरहेका छन् । 

लसर्घा आलमदेवीमा मात्रै होइन मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ । खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ । यसले शाहहरूको वंशीय नशो मगरहरूतिरै केन्द्रित गर्न बल पुरयाउँछ । यादव देवकोटा कान्तिपुर । भाद्र २८, २०७६

पृथ्वी नारायण शाहको शालिकको नाक मुनि जुँगा टासेर जामा भिरेको  पोशाक यथार्थ होइन काल्पनिक हो । रण वहादुर शाह पछी वाहुन र राणा कुवर विहे गरे पछी वर्णशंकरमा पर्दै आएका शाहराजाहरु त्यतिबेलाका राजा महेन्द्रलाई खुसी तुल्याउन अमर चित्रकारले उनै महेन्द्र राजाको नांक हेरेर काल्पनिक मुर्ति ठडाएका थिए ।वनारसको विस्व हिन्दु विद्यालयको पुस्तकालयमा उनको खाट्टी तस्वीर छ भनेको सुनिएको हो तर यसको यथार्थ स्रोत पनि भेटिएको छैन । तर गोर्खाको पोखरी थोकमा अवस्थित पृथ्विपति शाहले उहाँ आफैले जिवित छँदै   काठमाडाै देखि कालिगढ लगेर शालिक वनाउन लगाएका थिए  । जुन शालिकको ढाँचा, लगाएको भेषभुषाले शाहराजाहरूको एतिहासिकता जनाउँछ  दिनेश राज पन्त, गोर्खाको इतिहास भाग २ । यही तस्बिरले ठकुरी शाहको शारीरिक बनावट लाई प्रतिनिधित्व गर्छ । 

रण बहादुर शाहले मैथल विधुवी बाहुनि बिहे गरे देखि शुरू भएर आजको वर्तमान भूपू युवराज बनेका पारस सम्मका राजाहरूले गैर ठकुरी रानीहरू भित्राएका थिए ।  दशौँ पुस्तान लामाे समय सम्म शाह राजपरिवारले कुनै ठकुरी राजकन्यालाइ प्राथमिकता नै दिएनन । अनि पछिल्लाे शाह राजाहरू सबै आर्यन वर्णका देखिनुकाे मुल कारण यहि थियाे ।  बाहादुर शाह र रण बहादुर शाहकाे विचमा पारिवारिक द्वन्द  थियाे । प्रताप सिँह शाहका नेवारनी तिरका छोरा मध्येका शेर वहादुर शाहले पारिवारिक खिचलाे कै कारण रण वहादुर शाहलाइ मारिदिएका थिए । वहादुर शाहलाइ जेल राख्नु र शेर वहादुर पनि मारिए पछि राजदरवारमा क्रम वा बाहुन मिसिएकाे  विक्रम धारी राजाहरू जन्मिए याे विक्रम ज्ञानेन्द्र शाहका नाति हृदयनद्र विक्रम शाह सम्म चलिआएकाे छ । ज्ञाताव्य रहोस ठकुरी पुरूष  तर्फ वाहुनी बिहे  मिसिए पछि उनिहरूको सन्तान विक्रम धारी र ठकुर्नी लाइ वाहुनले विहे गरे पछि उनिहरूको सन्तानको थर हमाल हुने सामाजिक परम्परा वस्यो ।  

अहिले केहि विद्वानहरूले वाहुन र ठकुरीको मिश्रित ठेँवा जात ठकुरी भनेर गलत व्याख्या गर्दै हिड्ने पनि देखिन्छ, मुकुन्दे र आङकाजीहरूले राजपुतको परिभाषा दोहोराउदै हिडेका छन । यसरी गित गाँउदै हिड्नेलाइ के भन्नु छ र तर ठकुरीहरूको सँघ सँस्थाहरूले  ठुलो जातको ठकुरी भनेर ठुलो भाग खोज्दै हिडेको अहिलेको वास्तविक स्थिति हो । 

आफ्नो जात, धर्म, संस्कृति, संस्कार र आदिवासी अवस्था विर्सेको राजपरिवार आज भूपू राजपरिवार भएर थन्किएको छ । संस्कार, संस्कृति, भेषभुषा परम्परा हरायाे भने जात हराउछ जात हरायाे भने राज्य हराउछ भन्ने भनाईको चरितार्थ भएको छ।  यो यथार्थ नेपाल राज्यको शाह वंशको राजतन्त्रको विलयलाइ हेरे पुग्छ ।  

यसरी आफ्नो जातिगत अवस्था विर्सिएको राजपरिवारका गतिविधिलाई ठकुरीको संस्कृति हो भन्नु तर्क संगत देखिदैन । त्यसैले राजपरिवारले गरेको धेरै गतिविधि ठकुरीको पहिचान भित्र पर्दैन । ठकुरी संस्कार र संस्कृतिबाट बन्चित राजपरिवारले वास्तविक परम्परालाइ तिलान्जली दिदै गए यहि कारणले गणतन्त्रकाे ढाेका खुलेर गयाे । कुल देविलाइ सुगुर वली दिन परम्परा छाडेर बाहुनकाे डाेराे जनै भिरेकाे दिन देखि नै राजपरिवारकाे दुर्गति शुरूभयाे । हाे राजत्रन्त्र  कुनै वेला केहि टाठा मगरहरूले वाहुनकाे संगतकाे फलस्वरूप जनै हालेर ठकुरी भएर टिकेकाे थियाे । याे शुत्र सवैले जानिसके, वुझिसके । 

जाेन वाल्टनले गणतन्त्रकाे नारा रत्न पार्कमा उर्लेकाे वेलामा शाहराजाकाे जात के हाे वाेल्ने दिन आयाे  उनिहरू मगरभएकाे खुलाए राजतन्त्र टिक्न सक्ने जिकिर गरेका थिए  उनले  दिएकाे सुझाव रत्नपार्ककाे हावाले उडायाे राजदरवार तिर छिर्न नै दिएनन ।  ब्राम्हणवादी चिन्तनले ग्रस्त राजदरवारका कानहरू टालीएका थिए त्याे आजसम्म कानेगुजी झिक्ने प्रयास भुपु राजाले किन गर्थेर छाेटे राजनहरूले पनि बुझिबक्सेकाे छैन ।  छातिमा राजाकाे टिसर्ट टासेर दुइचार जना उफरेर, जिन्दावादकाे नारा लायर र जाेगिहरूले पहेलाे वस्त्र लाएर हिन्दु धर्मकाे वकालत गरेर  राजतन्त्र फर्किदैन ।  जव सम्म दलहरूले स्विकार गर्दैनन र ति दललाइ पनि बाटाे देखाउने जन जातिहरूले राजतन्त्रको वकालत गर्दैनन तव सम्म राजतन्त्र सपना मात्र हुनेछ ।  जव सम्म जाेन वाल्टनकाे सुत्र खाेज्दैनन राजतन्त्र यसै पनि इतिहास भएकाे छ उसै इतिहास भएर रहिरहन्छ । इतिहासविदले दिएको विश्लेषणलाइ आँखा चिम्लेर वावुसाहेव बनेर इतिहास फर्कदैन । 

काेतपर्वमा जगबहादुर कुवरकाे हालीमुहाली पछि ठकुरी र मगरहरू दरवारबाट बढारिएका थिए । २२ से २४ शाशन कालको शुरुवातमा  सधै संगै हिडेर नेपाल एकीकरण समेत गरेका खस, वाहुन, ठकुरी, मगर कोतपर्व  घटना पछि राजा  शाह बन्दी भए  खस र वाहुनको आतंक शुरु भयो । यहि प्रतिशोधको वावजुत   माओवादीका सहरा लियर राजदरवारलाइ परास्त गर्ने र गणतन्त्र ल्याउने काेशिस स्वरूप मगरहरू अधिक रुपमा जन आन्दोलनमा लागेका थिए भन्ने  निष्कर्ष निकालेका इतिहासविद राजकुमार दिक्पालकाे लेख यथार्थ नजिक पुगेको देखिन्छ।  
त्यसैले राजा रजौटाले के बोले, के लाए के खाए भनेर ठकुरीको पहिचान दौरा शुरुवालको फेरो र जामा भित्र संस्कार र संस्कृति खोज्नु गम्भीर भुल हो । भेषभूषा, पोषाक र पृथ्विनारायण शाह राजाका अनुहार काल्पनिक भए पछी इतिहास गोलमोल हुने नै भयो र अहिले ठकुरीहरू झन्  अलमल भएका छन । कुनै वेला हिन्दु अतिवादले छोए पछि वारीको कान्ला कान्लामा चुलो चाैका बारेर श्रीमति छोरा छोरीले छोएको पनि नखाने ठकुरीहरू आजभोली फेसबुकमा उस्तै कुण्ठा र माखाको पित्त जत्रो चित्त लिएर राजपुत र रजाैटाको जात ठुलो ठकुरीको भात ठुलो बाहुनको भनेर फुर्किवक्सेको छ । वढे जातको ठुलोभागले एकदिन शराणार्थीको विल्लाको ख्याल गरेका छैनन । नेपालमा राजतन्त्रको विलय यहि शराणार्थी राजपुतको कारणको परिणति हो । 

राज्यसत्ता नयाँ वाहुुनहरुको कब्जामा गएको अहिलेको  यथार्थता घाम जस्तै छर्लंग छ, हिन्दु धर्म र राजसंस्था प्रति ठुलो  विमति राखेर आ आफ्नो  धारणा अघि सारेको जनजातिहरु समेत गरि  तिनै वाहुुनले ठकुरी खसआर्य हरु हुन भनिदिए, ठकुरीहरु न त खस आर्यको अवधाराणामा मुस्काराएका छन् नत ठुस्किएका छन्  । तर खस आर्य होइन भनेर सानो स्वरमा भन्छन, ठकुरी भएर जन्मिएकोमा घमण्ड गर्छन । चलाख ठकुरी भन्नेहरु गाउँ देखि काठमाण्डौ र पोखरा जस्ता सुबिधा युक्त शहर र विदेशमा विभिन्न कारणले स्थाई र अस्थाई रुपले बसाइ सर्दा सर्दै धेरै जसो अन्य जातमा मिसिदै जान्छन।  नेपालको समाज पनि त्यस्तै किसिमका छन्।  यसरी मिसिदै गएको ठकुरीहरुले आफु पनि अन्य जातमा मिसिने र ठकुरी समुदायलाई पनि वाहुन क्षेत्री समुदायमा मिसाउदै गएको पाइन्छ।  

नेपाली समाज विभिन्र कारणले वसाई सर्ने क्रममा ठकुरीहरू पनि जति पूर्वीय भए उति नै धर्म र संस्कारमा पनि हिन्दु संस्कारको वैदिक सुद्द्ता ग्रहण गर्दै अगाडी बढेको इतिहास पाइन्छ । जस्तै गोर्खाका राजाराम शाहले शाहवशको बंश हाँगा  खोज्न भारतको मेवाड तिर आफ्ना दुत पाडे थरका एक सहयोगीलाइ पठाएका थिए । उनै पाडेले त्यहाँको राजपुत गलहाेत सिसौदियासम्म गएर सोधेको  र त्यहाको राजपूत सित नेपालको राजवंशको कुनै पनि विषय जात थर रहनसहन् नमिल्ने सुचना लिएर  फर्केको ईतिहास सत्य र रोचक घटना को प्रमाणको रूपमा देखिन्छ, जुन वेलायती लेखक Brain Houghton Hudson ले आफ्नो पुस्तकमा वर्णन गरेका छन । त्यस्तै पृथ्वी नारायण शाहको वनारसी विवाह, वनारसी गोत्र परिवर्तन, भागेर लुकी छिपी गरेको ब्रतवन्ध ग्रहण कथा कम रोचक छैन । सबै रहस्यै रहस्यको इतिहास छ । यि सबै हिन्दु धर्मको अतिवाद हो, मनकामना र कुलमुल ठकुरीधर्म हो तर काधमा जनै र ऋषिको मुतबाट बनेको सन्तति र पशुपतिमा लम्पसार नपरेसम्म हिन्दु हुदैनन भन्ने गलत परम्पराले ठकुरीको इतिहास मटिमा विलय हुँदै छ यसको संकेत राजसंस्थाको विलयले गरिसक्यो भने ठकुरीहरूले आदिवासी जनजाति भनेका पनि छैनन भने खस आर्य भनेर नाँक फुराउन पनि सकेका छैनन   । शाह राजवंशको इतिहासमा चितौढका राजपुत मन्मथ रानाका सन्तानसंग जोडिएको इतिहास देखाइयो जसलाइ इतिहास शिराेमणिले भ्रष्ट वंशावली भनेर सज्ञा दिएका थिए। नेपालको धेरै इतिहास, विश्वो विद्यालय र विद्यालयमा घोक्ने गरेको शाहहरुको वंशावली यस्तै भ्रष्ट दन्त्यकथाको विषय खुरु खुरु सारिएको हो  ।  जात धर्म गोत्र खोज्न भारत तिर जानु दक्षिण एशियामा ठुलो र सानो जात प्रथाले प्रभाव पारिसकेको विकृति हो, जुन नेपालका ठुला भनिएका ठकुरी शाहले १७ सताव्दिमा संस्कृत भाषामा लेखिएको कथा,  सेनहरूले त्यसको २०० वर्ष पछि र सिँह र मल्लहरूले १०० वर्ष पनि भएको छैन चिताैढतिर लगेर वंशावली जोडेको ।  चिताैरे राजपुत भनेर शक्तिमा रहेको शाहहरूले गरेकाे गल्ति  चिताैढे मगर र राना मगरहरू पनि उतै चिताैढ तिरबाट उनिहरूकाे पुर्खा आएकाे घिनलाग्दाे कथा जाेढ्नु ठुलाे जात हुन कस्ताे रमाइलाे खेल खेलिएका रहेछन भनेर बुझनु पर्छ किनकी बालकृष्ण पोखरेलको पुस्तकमा शाहहरू चिताैढबाट आएका होइनन यदि आएकै भए पनि मगर आएका हुन र तिनिहरू पछि ठकुरी भए भनेर खसजातिको इतिहासमा लेखेका छन ।  मदेशी राजपुतहरूले नेपालका पर्वते ठकुरीहरूलाइ सानाे राजपुत जात भनेर हेप्ने गर्दथे  । यहि ठुलाे जात भएर विष्णुभगवान अवतारकाे प्रमाण लिन शाह र सेनहरूले चिताैढतिर आआफ्नाे मुल साेझाउन कसिएका थिए भनेर प्रयागराज शर्माले समेत उललेख गरेका थिए । शाह, सेन, चिताैढे राना मगर र पछि अाएर जगबहादुर कुवर समेतकाे प्रयासहरू सबै कसरी राजस्थानी राजपुत हाेइन्छ भन्ने असफल प्रयास गरेका थिए । 
तर ऋषिकेश शाहले पनि  Heroes and builders of Nepal भन्ने पुस्तकमा शाहवंशको पुर्खा जैन खान भन्दा अगाडी भारतीय राजपुतसग  विभिन्न दन्त्य कथा जोडेर जातको हाउगुजी फैलाउने जातिवादीलाई विभिन्न प्रमाण सहित ठाडो चुनौती दिनु भएको यथार्थ हरेक ठकुरीहरुले हेक्का राख्नै पर्छ । उहाँले ठकुरीहरू यहि कै मुल जाति थिए भनेर भन्नु भएको थियो।  वहाँले सितिमिति जातको कुरा नगर्ने तर जातैको कुरा गर्ने हो भने मेरो नाँक हेर भनेर जातिवादीलाइ चुनाैति दिन्थे । 
पृथ्वीनारायण शाह पछिका राजाहरूले लोभलालच र अपरिपक्क कौशल देखाए। सत्ता टिकाउन विभिन्न धार्मिक पात्रसग कपोलकल्पित सवन्ध देखे विष्णुका अवतार सम्झिए आजका ठकुरीहरूलाइ पनि केहि लेखकहरूले विष्णुका अवतार सम्झनु उनिहरूको सोच वरा कठै भन्नु सिवाय केहि भन्न सकिदैन । जोगीको कुटीमा राजदरवारको भाग्य खोज्न हिड्ने राजावादीहरु छन  । उता जनजाति हौं भन्नेहरूले आफूलाई ठकुरी इतरको  पृथक जाती भनेर झुटो राजनिति सुरू गर्ने नै भए, ठकुरीहरू देखेर झन ठुलो स्वरमा वाहुन क्षेत्री भनेर हकार्न थाले, ठकुरीहरूले चित्त दुखाइवक्सेको छ । हामी वाहुन क्षेत्री होइन भनेर सानो स्वरमा बोलीवक्सन्छ,  यस्तै भुमरी भित्र ठकुरीहरू रूमलिरहेका छन । ठकुरीहरूले आफ्नाे जात बुझ्नु अघि अलिकति इतिहासकाे विषयमा केन्द्रित भएर २२ से र २४ से रजाैटा कसरी बन्याे र उतिबेलाकाे समाजकाे कथा हाेइन यथार्थ खाेजेर  नेपालकाे अहिलेकाे संविधानकाे जातिय व्याख्या बुझिदिए मात्रै हुनेथियाे । कुनै वेला राज्य प्रणालीकाे समावेशी जस्ताे चरित्र देखाएर नेपाल एकिकरण समेत भएकाे भनिने  ४ वर्ण र ३६ जात हिन्दुभित्रको अवधाराणा अव पुरानाे भयो  किनकि आजको नेपालको  संविधानले र नेपालको जातजातिको समाजले खस आर्य र  जनजातीको अवधारणा राखेकाे छ यहि आधारमा सामानुपातिक वितरण हुन्छ, यसरी हुने वितरणमा वाहुन क्षेत्री पछि ठकुरीले पद वा सुविधा पाउने भनेकाे आकासकाे फल आँखा तरी मर हो  । ४ जात र ३६ वर्णको अवधाराणा  उतिबेलाकाे समाजकाे अग्रगमन हाे तर समयले अहिले याे अवधाराणा पश्चगमन बनाइसक्याे । अव ठकुरीले खस आर्य र जनजाति भित्र आफ्नो पहिचान खोज्नै पर्छ । 
वुझ्नेलाइ यो कुरा गहिरो छ, नवुझ्नेलाइ घर छेउमै पहिरो छ । 
धन्यवाद जय गोर्खाकाली ।

लेखक 
राम शाही




No comments:

Post a Comment