Friday 29 November 2013

भिडमा हराएको जात

नेपालको जात जातिको अहिलेको अवस्थालाई  सजिलो ढंगबाट परिभाषित गर्दा जति सरल छ बुझाइ भने त्यति नै सतही छैन | जातीय विभाजनका उठानका विषयहरु  जात जाति विचको क्रम झन बुज्यो झन झन कठिनाइ छ तर जातीय र धार्मिक द्वेष विश्वोमा  नै एउटा अत्यन्त ठुलो समस्याको रुपमा झ्यांगिएको पाइन्छ | नेपालमा पनि जातीय विविधताको अर्को छुट्टै विशेषता छ र तिक्तता फैलेकोले विषमता झ्यांगिएको छ | एकातर्फ  हिन्दु धर्मको नेपाली समाजमा व्राम्हण, क्षेत्री ,वैश्य, शुद्र भनेर विभाजन गरिएको इतिहास सदियौं पुरानो छ तर त्यसको प्रभावले आजको एकाइसौ शताव्दीमा पनि जरो गाडेर वसेको तितो यथार्थ कसै देखि छिपेको छैन केहि जातीय सङ्गठनहरुले आफ्नो उपस्थिति यस विभाजनमा नपर्ने गहिरो तर्क पेश पनि गरेका छन्
यसको मूल विषय त अहिलेको संविधानले व्याख्या गरेको  खस आर्य र जनजातिको व्याख्याले सयौं जात जातिको र चार जात छत्तिस वर्णको फुलवारीको व्याख्या अव्यवहारिक भयो।  

जातीय विभाजनको राग गाएर देशमा राजनीतक परिवर्तन पनि भयो र उनीहरु नयाँ नेता भनेर कहलीए पनि | उनीहरु नै क्रान्तिकारी पनि भएर दुनियाँलाई चकित पारेको यहि नेपाल मात्र देश हो जहाँ विगत लामो समय देखि नै राजनीति छलछाम र एउटा अपराधको घनचक्करले देश चलाएको छ | राष्ट्र र सामाजिक उत्थानका निमित्त भनेर खोलिएका कति यन जी ओ र आई यन जी ओ हरु लगायत मानव अधिकारबादीहरु पनि पार्टीको लगौटी समातेर हिड्ने वीर गोर्खालीको देश नेपाल हो | यस्ता समाजका सामाजिक चिन्तन गर्ने भनेर खोलिएका कतिपय  विभिन्न व्यक्ति समाज र नागरिक अगुवाहरुले विविध सेमिनार र गोष्टी पनि गरेको हाम्रो सामु ज्वलन्त उदाहरण पनि छ | जातीय विभाजनको भजन गाउनेहरुले सत्तामा पुगेर  पनि  जातीय विभाजनबाट निस्केको समस्याको न्युनिकरण तिर सोचे जस्तो उपलब्धी  हुन नसकेको सम्वन्धित सबै पक्षले मनन गरेका छन् | सदियौ काल देखि सबै जात जाति मिलेर बसेको नेपाली भूमिमा को जाति र जनजाति भनेर छुट्याउन त्यति सजिलो छैन भने कुन जाति कहिले नेपाल प्रवेश गरे भनेर पात्रो कोट्याएर र इतिहास फर्केर हेर्दा धेरै मतान्तर देखिन्छ | नेपालमा विद्यालय देखि विश्वोविद्यालय सम्म ब्रिटिश लेखक डानियल राइटले लेखेको पुस्तकमा नेपालका शाह वंश राजाहरु भारतको चितौड गढ देखि मुसलमानी राजाको आक्रमणको कारणले खेदिएर नेपाल आएका हुन भन्ने विना प्रमाणको दन्त्य कथा गुथेको कारणले त्यहि कितावलाई आधार मानेर त्रि.वि.को पाठयक्रममा पनि डा. सूर्यमणि उपाध्यायले टपक्क टिपेर लेखेकोले आज नेपालको सबै इतिहासकार हुँ भन्नेहरुले  यहि कुरालाई अलापेका छन् | चाहे त्यो डिल्ली रमण रेग्मी होस् वा कुनै इतिहासविद होस् | खस जात जाति भनेर कलम चलाउने डा. विपिन अधिकारी र डा. रमेश ढुंगेल  समेत यस विषयमा मौन हुनु कम रहस्यमय छैन , यसो किन भयो भनेर आज हामीले सोच्नु पर्ने बाध्यता छ | व्रिटिश साम्राज्यवादले नेपालको राज्यसत्तामा आजभन्दा २०० बर्ष अगाडी नै नेपाल देशको आन्तरिक मामलामा खेल खेल्दै आएका थिए | चाहे त्यो कर्कपेटिक, टोनी हेगेन, वा फ्रान्सिस ह्यामिल्टन नै किन नहुन वा अरु पनि  | उनीहरुको पुरै उद्देश्य नेपाल देश भित्रको जातीय सरचनाको अध्ययन गरेर नेपाललाई धार्मिक हिसावले इसाईकरण गर्नु नै हो |

पृथ्वी नारायाण शाहको विविध उपदेश र त्यतिवेलाको जातीय वनोटलाई हेर्ने हो भने नेपालको सेनामा ४ जातिलाई मात्र प्राथमिकता दिएको थियो | त्यो मगर, खस , गुरुङ र ठकुरीलाई सेनामा प्राथमिकता दिनु भन्ने पनि थियो | त्यसै समय तिर  नेपालको राजदरवारमा पूर्वेली र पश्चिमेली वाहुनलाई छिर्न दिनु हुन्न पनि भनेको पाइन्छ | यसको अध्ययनको लागि याहाँ मगर र ठकुरी विचको केहि तथ्य मुलक जानकारी बुझ्नु पर्ने हुन्छ |
पृथ्वी नारायण शाह देखि रण वाहादुर शाह सम्म पनि मगर र ठकुरीको जातीय सरचना आजको जस्तो भिन्नता थिएन | ठकुरी र मगर विच खान पिन, लगाई, खुवाई, वसाई र जीवन पद्दतीमा समानता थियो  | सबैले एकै किसिमको  लोक पहिरन लगाउथे, पिउथे र जीवनयापन एकै किसिमको थियो फ्रान्सिस बुकानन  ह्यामिल्टनले यहि कुरालाई प्रष्टाउदै के भनेका थिए भने उनले आफ्नै आखाले देखेको र भोगेको एकल जातीय वंशका मानिसहरु कोहि जाड रक्सि र सुगुरको मासु खाएर प्राकृत संस्कारमा नै रहे नाच गान गित गाउदै रमाए जो मगर जाति थिए भने सोहि वंश जातका कोहिले भने शुद्द हिन्दु संस्कार मान्दै गए जो गोर्खाली शाह वंश र उनका उत्तराधिकारीहरु ( ठकुरी ) थिए भनेका थिए | यो एउटा अचम्मको प्रयोग थियो जुन उनको यहि विश्लेषणको प्रयोग पछि गएर गोर्खा भर्ति केन्द्रमा गएर वेलायत र नेपालको सम्झौतामा फट्को मारेको पनि हो | यसै क्रममा  विशाल नेपाल जसले एकीकरण गर्दै गएको अवस्थामा र गोर्खाली वंशजले आफुलाई सक्कली राजपुत कहलिन  वा अहिलेका ठकुरी भन्नेहरुले आफ्नो कुल धर्म पुरै त्यागेर हुन्दुकरण भएको हो  भन्ने उनको तर्क थियो | यहि तर्कलाई हेर्दा पृथ्वी नारायण शाहले काशी गएर गोत्र परिवर्तन गरेको र जनै धारण गरेको भन्ने प्रमाणले गहिरो मान्यता राख्दछ पनि | यसरी प्राकृत धर्मको पहिचान गरेर यसको विकासक्रमलाई जनजातीय हिसावले थेसिस लेखेर उनि ह्यामिल्टन आफ्नो भूभाग फर्केका थिए | त्यतिबेला गोरखाका शाह वंशको बारेमा माथि उल्लेख गरे झैँ मुसलमान हमालाबाट आफ्नो ज्यू ज्यान जोगाउन गोर्खाली राजाको सन्तान नेपाल आएका भन्ने झुटको खेति मौलाएको थियो उनले सोधेको उत्तरमा एकजाना साधुराम पण्डित ( दोभाषेकाम गर्ने अहिलेको शव्दमा राजगुरु घराना थिए ) ले पनि त्यहि उत्तर दिएका थिए तर उनले आफ्नै अनुभव, प्रयोग र व्यवहारको आधारमा शाह वंश र मगरको वंश एउटै हो भनेर बलियो प्रमाण पेश गरेका थिए

ठकुरीको बारेमा इतिहास लेख्दा जहिले पनि राजा र दरवारसंग दाँजेर हेरियो | नेपालको इतिहासमा ठकुरीको पराक्रम नेपाल नै मासिएर गए पनि मेटिदैन  तर ठकुरीको नै  इतिहास मेट्ने नै सत्तामा पुगेका ठकुरी नै हुन पुगे | काठमांडू उपत्याको इतिहासलाई हेर्ने हो भने मल्लकालिन राजा अरिदेव मल्ल देखि स्थापित भएको मल्ल वंश त्यसपछिका समयमा आएर काठमांडू का नेवार मल्ल राजाहरुमा परिणत भयो | यी सबै खस मल्ल राजा थिए भनेर भनिएको पनि छ |  यो किन भयो इतिहासले कहिलै पनि यसको हिसाव किताव गरेको पाइएको छैन | अहिले पनि उपत्यकाको मल्ल राजाहरुको नेवारी इतिहास त्यस ठाउको अजम्बरी बुटी नै हो | मल्लहरुलाई अहिले पनि ठकु जा भन्ने चलन छ यसको अर्थ ठकुरी राजा नै हो |  २२ से र २४ से आफ्नै ठकुरी राजाहरुको राज्य मासेर नेपाल एकीकरण गरेको ठकुरी शाह वंश देखि सुरुवात भएर आएको अहिलेको विशाल एकीकरण नेपालको इतिहासमा सबै ठकुरीलाई छेत्रीय बनाउने घोर षडयन्त्र नै सत्तामा रहेको ठकुरी को नै रह्यो | अहिले ठकुरीहरू आफुलाई छेत्रियाको कोटामा पर्न र पार्न खुब लागि परेको छ र गजधुम्म भएर वसेको पनि छ | छेत्रीय कोटामा आफु परिएन कि भनेर बढो क्रान्तिकारी झैँ  गरेर हिन्दु धर्मालम्बी हामी नै हौँ भनेर बाबुराम भट्टराई र प्रचण्ड दाहाल भन्दा पनि बढि वैदिक र साहासी  भएको छ | नेपाललाई पृथ्वी नारायण शाहले  चार जात छत्तिस वर्णको फुलवारी हो भन्न पनि भ्याएका रहेछन  चार जात भित्र व्राहमण, क्षेत्री, वैश्य र शुद्र भनेर निर्धारण गरेर ठकुरीलाई क्षेत्रीयताको कोटामा पारेकाहुन जो सत्तामा पुगे पछि क्षेत्री हुने चलन जंग वहादुरको पालामा झन उत्सर्गमा पुग्यो त्यसैले उनले झन सबै खसहरुलाई क्षेत्री बनाउन झन ठुलो कसरत गरे | अहिले आएर ठकुरी र खसको मिलन विन्दु क्षेत्री हो र सबैले आ - आफुले क्षेत्री हौ भन्न रुचाउछन | यहि कर्मले विहेवारी पनि बढेको छ यी दुइको मिलनमा यो एक पक्ष त राम्रौ नै होला तर ठकुरी हरु कसरि क्षेत्रीको कोटा मा पर्ने हो
यसै क्रममा नेपालमा वि.स. २०६३ सालको परिवर्तन पछि गणतन्त्र स्थापना संगै मुख्य रुपले आदिवासी र जनजाति को हो भनेर निकै चर्का चर्का कुरा गरिएको इतिहासको एउटा महत्वपूर्ण कालखण्ड नै रह्यो |  केहि नागरिक समाज र बुद्दिजिवीले समेत यस प्रकारको नेपालमा नराम्रोसँग जातीय विचलन आएको  कुनै पनि इतिहास छैन भनेर तर्क पनि दिए | नेपालमा अहिले को को आदिवासी को को जनजाति र को जाति भनेर नेपाली जातीय बिभाजनको  रुप रेखा तयार गरिएको छ |  जातीय आवाजहरु भित्र भित्र हुर्केर जादै गर्दा विविध तर्क वितर्क वड्दै जाने क्रम पनि छ | सच्चाई अब यस्तो भयो कि  सबैले आ-आफ्नो आधार खोज्न बाद्य भएका  पनि छन | मानौ सबैले म को हुँ र को थिए भनेर आफ्नो आफ्नो ताम्रा पत्र खोज्ने भिड जम्मा भएको छ | हुनत पछाडी फर्केर होइन आगाडी हेरेर हिड्ने हो भने लक्ष्यमा पुगिन्छ भनिन्छ तर पनि यसो भएको छैन | सबैले आ-आफ्नो थात थलो र इतिहास कोट्याउनु पर्ने बाध्याता पनि खड्केको छ |  राजनीति बुद्दिजिवी मुमाराम खनाल भन्छन  वर्गीय राजनीति छाडेर जातीय पहिचान भनेर एमाओबादीले जातीय राजनीति  गर्यो जुन संसारमा कहीं पनि जातीय राजनीतिले सुखद उपलव्धि हासिल गरेको एउटा पनि उदाहरणीय राज्य छैन | तर यहाँ जातीय कुराहरु उठान भइरहेको छ | जातीय रंग भित्र म आफुलाई कुन कित्तामा राख्ने भनेर मैले आफैं भन्न सकेको छैन | सायद यो पनि भिडमा हराएको जात नै पो हो कि ?

१. गोरखाका ठकुरी शाह राजाका र अहिले पनि स्याङ्गजा तिर चितौरे राना मगरका सन्तान चितौड गढ देखि मुसलमानको आक्रमणमा आश्रयको खोजीमा नेपाल पसेको भ्रामक समाचार पनि इतिहास भएको छ | यो दन्त्य कथा हो यदि यसैलाई आधार मान्दा पनिसंगै भित्रिएका समुहहरु कसैलाई जाति र कसैलाई जनजाति भए भनेर वर्गीकरण गरिएको छ | चितौडे मगर आदिवासी भए भने शाह राजाहरु कसरी जाति भए त्यति मात्र होइन चितौरे मगर आदिवासी र जनजाति वा मंगोल  भए भने शाहहरु कसरी खस आर्य भए ?
२. जुम्लाको हंशराज ठकुरीलाई आफ्नो पुर्खा मान्ने थकाली जातिको पनि यहाँ राम्रो हेक्का गरिएको छैन | केवल राज्यसत्ता चलाए भनेर शाह राजाहरुको ओइरो खोल्नेले नेपालको जातजातिको विभाजनलाई कत्तिपनि ध्यान दिएको पाइएको छैन |
३. पृथ्वी नारायण शाहले आफुलाई मगरातको राजा भनेका थिए | अति शक्तिशाली राजा जस्तोले बोलेको कुरालाई हल्का र फितलो मान्नु कुनै बुद्दिमानी देखिदैन | आजको एकाइसौ सताव्दीमा त मानिसहरु आ-आफ्नो जातको लिङ्गो समातीरहेको बेलामा पृथ्वी नारायण शाहले त्यतिवेला रहरले त्यसो भनेका भने पक्कै होइनन | कसैले पनि आफ्नो जात लुकाएर अर्काको फलानो जात हुँ भन्दै भन्दैन
४. स्याङ्गजा जिल्लाको लासार्गामा आलम देवीको मन्दिर र यसको ऐतिहासिक पृष्ठ भूमिलाई आधारमान्दा ठकुरीहरू र मगरको सम्बन्धका ऐतिहासिक  इतिवृति देखिने हुनाले जनजातिका बारेमा अहिले गरिएको
 परिभाषा गलत छ |
५. गोर्खा जिल्ला र मनकामना मन्दिरको ऐतिहासिक पृष्ठभुमिलाई आधार मान्दा मनकामना देवी राजा राम शाहका रानी हुन र उनको पुजारी लखन थापा ( प्रथम) मगर हुनु  यसले पनि जातीय विभाजन देख्नेहरुको आखाँमा कसिंगर परेको हुनु पर्छ
६. सन् १८०२ मा नेपाल आएका फ्रान्सेली लेखक  ह्यामिल्टन बुकाननले अन एकाउन्ट अफ किंगडम भन्ने पुस्तकमा मगर र शाह राजाको वंश एउटै भएको स्पष्ट कुरा व्यक्त गरेका छन् | यो भनाइलाई डोरबहादुर विष्टले पनि आफ्नो पुस्तक सबै जातको फूलबारीमा पुष्टि गर्ने प्रयास गरेकाछन् | डोरबहादुर विष्टले थप कुरा खस र मगर बाट विकसित भएर मगर भएको उल्लेख गरेका छन् |
*********************************************************************************
''के नेपालका शाह वंशीय राजाका सन्तानहरु “मगर” हुन?
नोट: यो “मुसाहाङ झेडी मगर” द्वारा लिखित लेख र मेजन पुन द्वारा सम्पादित “फिमला सँगालो” बाट साभार गरिएको हो। '''' देखि '''' सम्म
 तलको लेख एक पटक पढ्नुहोस।
कुनै व्यक्तिलाई त्यो कुन समुदायको हो र कुन जातिको हो भन्ने कुरा उसको संस्कार-सांस्कृतिक र परम्परागत कुराहरुको अध्ययन गर्नु जरुरी ठहरिन्छ। भाषा र धर्म भन्ने कुरा एक पुस्ताबाट अर्को पुस्ता सम्म आइपुग्दा अभिवावकले सिकाई दिएन भने स्वत: लोप भएर जान्छ। तर परम्पतागत र सांस्कृतिक पक्ष भने पुस्तौ सम्म पनि लोप हुन गाह्रो पर्छ। मूल रुपमा भन्नु पर्दा कुनै पनि व्यक्ति वा वँशजको जातीय पहिचानको आधार सांस्कृतिक र संस्कार पक्ष नै हुन्छ। राजाका पुर्खा कुन जातिका थिए भन्ने ऐतिहासिक प्रमाणहरुले पनि स्पष्ट नै पारेको छ र यता सांस्कृतिक तथ्यलाई हेर्ने हो भने पनि त्यो झन घाम जस्तै छर्लङ्ग छ।
क) शाहहरुको कुलायन कुलदेवी स्याङ्जाको लसर्घाको “आलमदेवी” हुन। त्यहाँका पुजारी “राना मगर” हरु नै छन। यदि राजा हिन्दु वा राजपुत भएको भएउसको कुलदेउताको पुजाआजा गर्ने व्यक्ति कहिले पनि “मगर” हुने थिएनन। जाबो केही वर्ष अघि “जनै” लगाएर नक्कली “क्षेत्री” बन्ने केही मगरहरुले त आफ्नै बन्धुहरुले दिएको नखाने कहलिन्छन भने राजा राजपुत भएराजखलकको पुजारी त्यस माथि पनि “कुल पुजारी” मगर कसरी भए त?ख) नारायणहिटी दरबारमा सरकारी (राजकीय पुजारी बडा गुरुजी) ब्रह्माणहरु भए पनि परम्परागत कूल पुजारी त मगर नै छनकिन?ग) अहिले पनि राजकुलले कलंकीमा गर्ने कूल पुजामा “कालो सुँगुर” को बली चढाई पूजा गर्ने गर्दछन। यदि राजा हिन्दु एवं राजपुत भएको भए कहिल्यै सुँगुर पुजामा चढाउने थिएनन्। अर्को याद राख्नु पर्ने कुरा के छ भने भारतका कुन राजपुतले आफ्नो कुलायनको पुजामा “मगर” पुजारी बोलाउदो रहेछकुन राजपुतले सुँगुरले पुज्दो रहेछजुन ताजपुतको ब्राह्माणहरुले कुरा गर्ने गर्दछन्ति राजपुतहरुले सुँगुर त के बँदेल पनि खाँदैनन्। सुंगुर नै नखाने कुलायनले सुँगुर नै खोज्छ भन्ने कुरा पनि कहिं सत्य हुन्छ?घ) शाहवँशका पहिलो व्यक्ति अर्थात भूपालले मगरकी छोरी नै बिहे गरेका थिए। त्यस्तै पृथ्वी नारायण शाहकी बज्यै पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी आमा पनि मगरकी छोरी नै थिइन्। पृथ्वी नारायण शाहकी श्रीमती पनि मगरकी छोरी नै थिइन्। उतिखेरको कट्टर हिन्दु आर्य समाजमा एक हिन्दु आर्य-क्षेत्रीले मतवालीको छोरी मागी बिबाह गर्नु असम्भवको कुरा हो। यदि हिन्दु-आर्य राजा भएमगरकी छोरी बिहे गर्नु सम्भवको कुरा हो र?पृथ्वी नारायण शाह एवं दलमर्दन शाहकी आमा कौशल्यावती पाल्पाका राजा गन्धर्व सेनकी छोरी थिइन्। यति मात्रै होइनपृथ्वी नारायण शाहले पनि मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनलाई बिबाह गरेका थिए।
ङ) मामाकी छोरी बिहे गर्ने र हकै लाग्ने मगरहरुमा हुने गर्दछ र यही चलन ठकुरीमा पनि हुने गर्दछ। यदि शाहहरु हिन्दु राजपुतको भएकहिल्यै मामाको छोरी बिहे गर्ने थिएनन्। किन भने हिन्दु क्षेत्रीहरुको चलनचल्ति अनुसार मामाकी छोरी बहिनी पर्ने गर्छ र राजस्थानका कुन राजपुत घरनियाले मामाकी छोरी बिहे गर्ने गर्दो रहेछकुन हिन्दु क्षेत्रीले मामाको छोरीलाई साली भन्दो रहेछ?च) मकवानपुरे राजाले छोरी दिन नमाने पछि पृथ्वी नारायण शाहले बनारस गई १०८ ब्राह्माणहरुलाई भोज खुवाएर जनै धारण गरेरगोत्र नै फेरेर ‘वशिष्ट’ गोत्र भिरेर आएका थिए। राजखलक हिन्दु आर्य-क्षेत्री भइदिएको भए गोत्र नै फेर्नु पर्ने आवस्यकता नै के थियो र?छ) बि.सं. १९५१ मा शाहहरुको असली वंशावली जलेको कुरा “Eden Vancittart” ले आफ्नो पुस्तक “The Gurkha” मा उल्लेख गरेकाछन् र हुन सक्छ त्यसपछि ब्राह्माणहरुले नक्कली वंशावली तयार पारे किकिनभने शाहहरुको वंशावलीमा उल्लेखित वंशजका नामहरु भारतीय इतिहासमा कुनै पाइएको छैन र उल्लेख गरिएको पनि छैन।
ज) पृथ्वी नारायण शाहका छोरा बहादुर शाहका पालामा आएका Karkpatric ले यिनका भदैयाहरु अझ पनि मगर रितिरिवाजमा छन् भनेर लेखेका छन्। यसले स्पष्ट पार्छ किराजखलकका वंशहरु कुन जातिका हुन भनेर। F.B. Hamilton ले पनि मगरकै सन्तान हुन् अहिलेका राजाहरु भनी लेखेकाछन् र यि सवै कुराहरुको प्रत्यक्षदर्शी पनि थिए दुवै बिद्वानहरु।
झ) प्रसिद्ध विद्वान एम.एस. थापा मगर त राजाका पुर्खाहरु स्याङ्जाको लसर्घा एवं कारिकोट कै मगरहरु हुनु पर्छ भनी बताउँछन्। त्यस्तै डा. हर्ष बहादुर बुढा मगर आफू राजदरबारमा कार्यरत रहँदा राजा महेन्द्रका स्व. राजगुरु अम्विका प्रसाद शर्मा सँग बर्तमान राजाका पुर्खाहरु ‘मगर’ होइनन् रभनी प्रश्न गर्दा १५ दिनको समय मागि १५ दिन पछि राजाका पुर्खा ‘मगर’ वंशज कै हुन् तर यसमा यसमा मेरो नाम नमुछ्नु होला भनेर डा. हर्ष बहादुर बुढा मगरलाई भनेका थिए।
************************************************************************************************************
- मगर जातिको नाम‘ 'मगरकसरी रहयो भन्ने कुरामा अहिले सम्मको सबै भन्दा पुरानो र भरपर्दो आधार  जुम्लाका राजा पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिःमहरामहतोमगर राजाहरूको उल्लेख भएको ताम्रपत्र नै हो । मुख्य रजाई भएको ठाउ बाह्र मगरातलाई महरलोक पनि भनिन्छ । यी कारणहरूबाट पनि मगरहरूको पूर्व रूप महर वा महाराजीका नै थियो । (खिलध्वज थापा मगरमगर जाति एक ऐतिहासिक रुपरेखा) याँहा मल्ल जातिकाको शाषकले नै मगर शब्दको नै पहिचान जोगाएका हुन भन्ने यो प्रमाणले देखाउछ | मगर र मल्ल लाई समान हाराहारीको ऐतिहासिक पृष्ठभूमि ठान्दा मगरको  मगरात भनेर राज्य घोषणा गर्ने जातीय र राजनीतिक दलको कुन आखाँले मल्ल हरुलाई पाखा लगाएका हुन

धेरैले भन्ने गरेको र बुझ्ने गरेको कुरा के हो भने नेपालका वाहुन क्षेत्री १२ औ र १३ औ सताव्दी ताका भारतमा हिन्दु र मुसलमानको आक्रमणमा परि आ-आफ्नो झिटी कुम्लो बोकी हिन्दु बादीहरु आफ्नो अस्तित्व जोगाउन नेपाल भित्रेका थिए भनेर आरोप लगाइन्छ | नेपालमा सदियौ देखि वाहुन र क्षेत्रीको चातुर्य  देखि हिन्दु अहंकारवाद लादियो जसले सीमान्तीकृत समुहहरु थिचो मिचोमा परे भनेर राजनीतिक र जातीय संगठनहरु नै यस विषयलाई राष्ट्रको राजनीतिक विषय बनाएर धेरै तर्क वितर्क विगत समय देखि हुँदै आइरहेको छ | यो जातीय झट्कारो आपसमा सबै जात जातिलाई टाउको दुखाइ भएको छ | यति सम्म कि द्रब्य शाहले गोरखाको खड्का राजाको राज्य चातुर्य अपनाएर खोसेको वा आर्य ले मंगोलको राज्य खोसेको जयको दिनलाई विजया दशमी भनेर  निधारमा रातो टिका लागाएर  मनाएको भनेको दशैलाई जितको उन्मादमा रगत संग जोडेर दशैँ, हिन्दु धर्म जस्ता विषयमा विवादित कपोकल्पित कलम उठाउने जातीय स्कुलिङ्ग गर्ने जातीय संस्था र राजनीतिक पार्टी समेत एकल जातीय पहिचान भनेर लागि परेको  एमाओवादीको भूमिका देखेर नागरिक समाज ,  केहि राजनैतिक दल र विभिन्न जातीय वुद्दिजिविको ह्वात्तै ध्यानाकर्ष्ण भएको छ | यसमा केहि अहिले भन्ने गरेका  जनजाति कै बुद्दिजिवी बाट पनि प्रतिरोध नभाको होइन तर जुनसुकै चिज पनि बनाउन र हुर्काउन जति सजिलो छ त्यसलाई भत्काउन र विगार्न कयौ गुणा सजिलो हुन्छ  | यो स्वश्व्त मान्यता पनि हो | एकातिर पृथ्वी नारायाण शाहले भौगोलिक एकीकरण मात्र गरेका हुन र उनले अहिले भन्ने गरेका जनजातिहरुको राज्य खोसेका हुन भनेर  केहि जातीय र राजनीतिक दलले समेत यहि र यस्ता उछ्रिंगखल नारालाई उछालेर हिड्ने क्रम बढ्दो पनि छ | निश्चय पनि नेपालको इतिहासमा भएका धेरै विवादित विषयलाई समयमा नै चिरो फारो लागाउने काम गरिएन भने भबिश्यमा आज हामीले भोगेको पिडा नयाँ पिढीले नाभोग्लान भन्ने कुनै आधार छैन | मानिस कोहि पनि सम्पूर्णता हुदैन | आजको एकाइसौ सताव्दीमा माओबादको नाममा नेपालमा जुन नेपालीलाई मारियो र मार्न बाद्य बनाइयो पृथ्वी नारायण शाहको पालाको प्रतिरोध राख्ने नयाँ शाषकलाई विचरा भन्नु बाहेक अर्को के हुन सक्ला र ?

नेपालको इतिहासका विविध कालखण्डमा  सकारात्मक र नकारात्मक भूमिकाको बारेमा विवधकोणबाट चर्चा गरिन्छ | भनिन्छ राजा अंशुवर्माले लिच्छवीकालमा नै ठकुरी सम्वत समेत चलाएका थिए | उनि प्रतापी राजा थिए | त्यसरी नै मिंचा खान खान्चा खान हुदै कुलमण्डल शाह , द्रव्य शाह , राम शाह,  द्रव्य शाह हुदै पृथ्वी नारायाण शाह सम्मका शाषकले देशको लागि महत्वपूर्ण भूमिका खेलेका थिए |  नेपालको  २२ से २४ से सबै गणराज्य थिए र ती सबै राज्यको एकीकरण पृथ्वी नारायाण शाहले गरेका थिए | ऐतिहासिक  सिन्जालाई राजधानी बनाएको जुम्लाको अर्को ठकुरी राजा मल्ल राजाहरुको पनि आफ्नै बलियो इतिहास रहेको छ | समयको क्रम संगै नेपालको विभिन्न कालखण्डका महत्वपूर्ण समयमा राज्य एकीकरण गरेको जिउदो इतिहास भए पनि नेपाललाई साझा फुलबारी भनेर चिनाउने कार्य पृथ्वी नारायाण शाह बाट नै भएको हो भलै उनलाई जातिवादीले आफ्नो-आफ्नो जातीय स्वार्थ पूरा गराउन खस - आर्यका नायक हुन्दु वादी अहंकारिमा परिभाषित गरिदिए | अद्यापि यो क्रम बढ्दो छ |
 वि.स. २०४७ सालको परिवर्तन संगै वि.स. २०५२ तिर जंगल  पसेर जनयुद्दको विगुल फुक्ने अहिलेको एमाओवादीले धेरै धन जनको क्षति गरेको थियो  यसको पनि इतिहासले पूर्ण मुल्यांकन गर्ने छ | धर्म र जातको नाउँमा भित्र भित्र भुषको आगो झैँ सल्काएको जातीय राजनीति एमाओवादी कै भाषामा २०६४  सालको संबिधान सभाको निर्वाचनमा आएर छलांग मारेको थियो | पहिलो संविधान सभा देखि संविधान लागु हुन नसक्नुको मूल कारण जातिवादीले लगाएको मुख्य दोष नै प्रचण्ड पुष्म कमल दाहाल , बाबुराम भट्टराई , जस्ताले उचित न्याय दिन नसक्नु हो भन्ने आरोप  छ भने काँग्रेस एमाले जस्ता राजनीतिक सङ्गठनले जातीय संघियता र परिवर्तनलाई  आत्मसात गर्न नसकेको भनेर आरोप लागेको छ | उता एमाओबादिलाई भने जातीय संघियता उछालेर सदियौ देखि मिलेर बसेको जातीय सरंचना भत्काएको  र जातीय गृह युद्दको भड्खालोमा देशलाई हाल्न लागेको भनेर आरोप लागेको छ | नेपालका यन जी ओ र आई यन जी ओ ले जातीय कुरामा भारि सहयोग गरेको डलरको खोलो बगाएर जातीय बिभाजनको बिजारोपण गरेको समेत आरोप मात्र होइन यो ज्वलन्त उदाहरण पनि हो  | सबैले आ-आफ्नो पक्षको बचाउ गर्ने नगर्ने कुरा राजनीतिक कुरा भए नै | यहि बेला आएर एमाले र काँग्रेस छाडेर जातीय र मदेशी आन्दोलन गर्नेको लर्को देख्दा लाग्छ नेपाल अब जातीय लेप लागेको अपूर्ण राष्ट्र हो | पहिलो संबिधान सभा यसको कार्यवधि २ वर्ष भित्र ८० प्रतिशत काम सकेको भनिएको तर पछि थपेको ४ वर्षले समेत बाँकी २० प्रतिशत काम गर्न नसकेको मुख्य कारण संघियता र जातियता नै केन्द्रविन्दु हो | तर दोश्रो सविधान सभाले पनि उचित तरिकाले सविधानको निर्माण तिर ध्यान नदिएको अहिलेको यो अवस्था राजनीतिक हिसावकितावले ठुला पार्टीहरु अझै अलमलाएको अवस्था हो |



No comments:

Post a Comment