Wednesday 30 October 2013

राउटे

राउटे जाति परिवर्तनतर्फ उन्मुख
बाख्रापालन गर्ने इच्छा



दीपक बुढा सुर्खेत,
         लापोन्मुखघुुमन्ते राउटे जातिको दैनिक व्यवहाररहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँपैसाआधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा बाख्रापालन गर्ने इच्छा व्यक्त गर्न थालेका छन् । वनजंगल विनास हुँदै जानु र उनीहरुको मुख्य आहार गुनाबाँदर पाइन छोडेपछि राउटेहरुले बाख्रा पाल्ने इच्छा ब्यक्त गरेका हुन् ।  
         राउटेका मुखिया ऐनबहादुर शाहीले हाम्रो अखवारसँग कुरा गर्दै भने–‘हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडेचाडपर्वमा मासु खानुपर्छ कसैले सहयोग गरेमा हामी बाख्रापालन गर्ने थियौं ।’ सामुदायिक वन र राष्ट्रिय वनमा प्रवेश असहज भएको बताउँदै राउटेका मुखिया ऐनबहादुरले सरकारसामुदायिक वनजिल्ला वनप्रशासनलाई वनमा प्रवेश गर्ने वातावरण मिलाइदिन आग्रह गरे । वन जंगल विनाससँगै राउटेको मुख्य आहारा जंगली जनावार लोप भैरहेका छन् साथसाथै काठका सामग्री बनाएर बिक्री गरेर खाद्यान्न जुटाउने उनीहरुको अर्को पेशा पनि संकटमा पर्दै गएको छ ।
    ‘दिनप्रतिदिन गासबास र कपासको समस्या हुन थाल्यो’ मुखिया ऐनबहादुरले भने–‘सरकारले दिँदै आएको मासिक भत्ता बढाएर पाँच हजार पु¥याउनुप¥योसमयमै पाउनुप¥यो ।’ राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहनेफोटो खिच्न नदिनेमहिलाहरुलाई सँगै नहिंडाउने मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तरपछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छनमहिला प्रतिनिधिलाईसँगै हिडाउँछन्मुखियाले भनेपनि चित्त नबुझेमा आन्तरिक संघर्ष गर्ने गरेको राउटेका विषयमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी बताउँछन् । 
राउटे जातिको कला संस्कृतिभाषादैनिकीरितिरिवाजका बारेमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका दुई जना प्राध्यापक गुरुप्रसाद गौतम र केशर रायमाझीले अध्ययनअनुसन्धान गरिरहेका छन् ।
    राउटेका विषयमा अध्ययन गरी रहेका प्राध्यापक रायमाझीले भने–‘युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित  रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्जंगल विनास हुँदै जानुजंगलमा बाँदर र गुना पाइन छोड्दा बाख्रापालन गर्ने इच्छा राखेका छन् ।’ राउटेको दैनिक जीवनशैली सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको र विस्तारै
राउटेहरु सामाजिकरणतर्फ उन्मुख भैरहेको बताइएको छ ।
        स्थायी रुपमा बस्न नचाहनेवन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको बताउँछन् वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनाली । राउटे जातिको बास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा उनीहरु बताउँन चाहँदैनन् ।
         राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुर्खेतदैलेखजाजरकोटकालीकोटबझाङबाजुराअछामरोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ । उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन् । आफ्ना सदस्यको मृत्यु भएमा लासलाई त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति सार्ने गर्छन । उनीहरु बिरामी भएमाचोटपटक लागेमाशरीरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने गर्छन् । राउटे समुदायका बालबालिका कुपोषणको सिकार भैरहेकाले उनीहरुलाई पौष्टिक युक्त आहारको व्यवस्था गर्नुपर्नेहात खुट्टामा घाउ खटिरा भएकाले स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेउनीहरुलाई सामाजिकिरण गर्न मनोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा जानकार व्यक्तिहरुको भनाई रहेको छ ।
हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउनेमागी विवाह गर्नेनभए मुखियाको सहयोगमा विवाह गर्ने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिनसम्म जुठो बार्नेनुन नखाने तर मासु नियमित खाने गर्छन् । उनीहरुको मुख्य जाति कल्यालरास्कोटीराजवंशी हुन्छ । उनीहरुको कुलदेवता  दारेमस्टो हो । राउटेका मुखिया ऐनबहादुरविरबहादुरडिलबहादुर र सुर्यबहादुर शाही गरी पाँच जनारहेका छन् । दशैतिहारमाघे संक्रान्तिचैते दशैं मनाउने राउटे समुदायको संस्कृति प्रदर्शन कार्यक्रम शुक्रवार सुर्खेतको स्थानीय वीरेन्द्रनगर बहुमुखी क्याम्पसले आयोजना गरेको थियो ।
       राउटे संस्कृतिको संरक्षण गर्दै उनीहरुको समस्याका बारेमा सरोकारवाला निकायवीचमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा राउटेका विषयमा अनुसन्धानकर्ता वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी र प्राध्यापक गुरुप्रसाद गौतमले आफ्नो अनुसन्धानलाई सफल पार्न राउटेसँग मित लगाएका थिए ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भुषणकुमार मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीय प्रशासन डा. धनराज रतालासुरक्षा निकायका प्रमुखविभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा राउटे समुदायलाई वीरेन्द्रनगर बहुमुखी क्याम्पसले दुई वटा खसी र साढे तिन सय केजी चामल दिएको छ ।

..................................................................................................................................
राउटे भित्रको प्रेम विवाह 

दाङमाघ १४ - बलबहादुर शाही गत वर्ष बाघमारे  गाउँभरि मह खोज्दै हिँडे । एक धार्नी मह बोकेर बेलुकीपख जंगलतिर उकालो लागे । जंगलमा कन्दमूल र सिकार गरेर जीवन बिताइरहेका शाहीलाई किन महको चटारो पर्‍यो गाउँले अचम्म मान्दै थिए ।
उनलाई भोलिपल्ट सम्धी मेलो गर्नुपर्ने रहेछ । छोराको बिहेका लागि केटीको घरमा 'पाहुरलिएर जानुपर्ने चलन भएकाले उनी मह खोज्न भांैतारिएका हुन् । त्यसका लागि उनी मुखियासँग पाँच सय रुपैयाँ सापटी लिएर विवाहको सरसामान जुटाउने दौडधुपमा लागेका थिए ।
'मह दिएर खुसी पारेपछि बुहारी पाउने सम्भावना बढी हुन्छ । छोराले मन पराएको केटीको घरमा केही पाहुर लिएर जानुपर्ने चलन छ,' उनले भने, 'उपहार स्विकारेपछि छोरी दिनुपर्ने हुन्छ । विवाहको पक्कापक्कीजस्तो हुन्छ ।बास सर्दै हिँड्ने राउटेहरू जंगलमा कसरी विवाह गर्छन् होला ?सबैलाई जिज्ञासा हुन सक्छ तर उनीहरूको विवाह संस्कारमा आम मानिसभन्दा त्यति भिन्नता छैन ।
केटाकेटी मन परेपछि बुहारी माग्न जानेविवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन
छ । भोजका रूपमा उनीहरू भातमासु र जाँड बनाउँछन् । मासुका लागि जंगलमा सिकार खेल्छन् । सिकार नभेटिए रक्सी र भातमै चित्त बुझाउँछन् । विवाहका दिन नाचगान र रमाइलो गर्ने गरेको मुखिया मैनबहादुर शाहीले बताए ।
राउटे युवतीहरू फुपूका छोरासँग विवाह गर्ने गर्छन् । राउटेहरू सबै ठकुरी जातिका छन् । कल्याल र राजकोटी जातिका राउटेहरू धेरै छन् । कल्यालहरू राजकोटीका भान्जाभान्जीहरू रहेको राउटेबारे लामो अध्ययन गरेकी राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् ।'मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । केटाकेटी मन परेपछि बाआमालाई भन्छन्,' उनले भनिन्, 'बाआमा बुहारी माग्न जान्छन् र प्रक्रिया अघि बढाउँछन् । प्रेम भए पनि मागेरै बिहे गर्ने चलन हुन्छ । आफैं भाग्ने हुँदैन ।'
'कुल सोधेर छोरी विवाह गर्नुमूल सोधेर पानी खानुभन्ने उखानका आधारमा विवाह हुने गरेको उनले बताइन् । त्यसैले बुहारी हेर्दा आमाबाबु भएकीराम्रो बानीबेहोरा भएकी केटी खोज्ने चलन छ । कतिपय युवाले ११/१२ वर्षमै केटी छान्ने गरेको अधिकारीले बताइन् । 'मन पर्‍यो भने यो मेरो हो भनेर रोजेर राख्ने गर्छन् । एउटाले रोजेकालाई अरूले हेर्न पाइँदैन । उसैले मात्र विवाह गर्न पाउँछ,' उनले भनिन्, 'रोजेकीमध्ये एक जनाको मृत्यु भएमा कतिपय त त्यसैका नाममा जीवनभर विधवा/विदुर भएर बस्ने चलन पनि छ ।'
महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्ने चलन रहेको राउटेका पूर्वमुखिया ऐनबहादुर शाहीले बताए ।'बच्चा पाउँदा धेरै महिलाको मृत्यु हुने हुँदा हाम्रो जातिमा महिलाहरू कम छन्,' उनले भने, 'बूढो उमेरसम्म पनि केटी नपाउनेहरू धेरै छन् । त्यस्तो अवस्थामा पाकाहरू पनि सानै उमेरका केटी रोज्न तम्सिन्छन् ।'
राउटेहरूमा बहुविवाह भने पूर्ण रूपमा प्रतिबन्धित छ । बहुविवाह गर्नेलाई मुखियाले कारबाही गर्ने भएकाले कसैले गर्दैनन् । विधवा/विदुर विवाह भने प्रचलनमा रहेको सहायक मुखिया धनबहादुर शाहीले बताए । 'एक्लो जीवन बिताउँदा दुःख भएकाले विधवा/विदुरलाई विवाह गर्न दिइन्छ,'उनले भने ।
विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुराकानमा रिङपोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिंगार्ने गरिन्छ । विवाहमा हाम्रो जस्तो सिन्दूर हाल्ने व्यवस्था हुँदैन । 'सधैं सिन्दूर लगाउन पाइँदैन । त्यसैले मुखियाले यिनीहरूको विवाह भयो भनेर जानकारी दिएपछि भोज गरेर विवाह भएको मानिन्छ,' सहायक मुखिया शाहीले भने, 'पानी पाइने ठाउँ भए केटाकेटी नुहाउँछन्,नभए त्यत्तिकै हो ।'
विवाहपछि सुहागरात कहाँकसरी मनाउँछन् त ? 'छुट्टै छाप्रो बनाएर बस्छन् । जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छन्,' रामबहादुर शाहीले भने, 'केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन् । मुखियाले पनि केही काम लगाउँदैनन् ।राउटेहरूले बाहिरी समुदायका केटाकेटीसँग विवाह गर्छन् कि गर्दैनन् त ? 'गर्दैनन्हाम्रा छोरीहरू गाउँमा गएर खेतीपाती गर्न सक्दैनन् । गाउँको केटी यहाँ आएर जंगलमा घुम्न सक्दैनन्,'मुखिया शाहीले भने, 'त्यसैले हाम्रो जाति र संस्कार बचाउन पनि बाहिर विवाह हुँदैन ।'

राउटे समुदाय भित्र तिन जात छन् ती हुन , कल्याल ठकुरी , राजकोटीठकुरी   र छत्याल ठकुरी हेर्नुहोस 

राउटे भित्रको विवाह हेर्नुहोस 

..............................................................................................................................................................
विगतका वर्षहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाइ तिरस्कार गर्ने  राउटे समुदायले  पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुनाबाँदर नपार्इने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन | 

सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन,  देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन |सामुदायिक वन र राष्टि्रय वनमा प्रवेश गर्दा कुनै(कुनै ठाउँमा जंगलपनि संरक्ष्ण् गने भन्दै अवरोध सृजना गनेगरिएको बताउँदै राउटेका मुखिया एैनबहादुरले सरकारसामुदायिक वन,जिल्ला वनप्रशासनलार्इ वनमा प्रवेश गने वातावराण् मिलाइदिन पटक पटक आग्रह गर्दै आर्इरहेका छन |वन जंगल विनाससँगै राउटेको मुख्य आहार जंगली जनावारको लोप भैरहेको छ भने काठका सामाग्री  निर्माण् गरी विक्रिवाट खाद्यन जुटाउने उनीहरुको पेशा संकटनमा पने सम्भावना रहेको छ ।

राउटे जातिले पहिले नयाँ अर्को समुदायको मान्छे
 देख्दा डराउने बोल्न नचाहनेफोटो खिच्न नदिनेआफ्‍ना महिला प्रतिनिधिलार्इसंगै नहिडाउनेमुखियाले भनेका सवै कुरा पालना गनर्े गथे तर पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन | महिलाहरुपनि सार्वजनिक कार्यत्रmमहरुमा देखिन थालेका छन्‍ । बाहय मानिसहरुसंग पनि कुरा गर्न थालेका छन्‍ । कसैले बोल्ने इच्छा जागेर प्रयास गरेमा पहिलो उनीहरुको माग रुपैयाँ वा जुरोटविडि मध्यका एक वस्तु हुने गरेका छन्‍ ।खुलेरै आफ्‍ना समस्या राख्ने गर्छनपत्रकारलार्इ धेरै सम्भmीने गर्छनमहिला प्रतिनिधिलाइसंगै हिडाउँछनमुखियाले भनेपनि चित्त नबुभmेमा आन्तरीक संघर्ष् गने गरेको राउटेका विष्यमा अनुसन्धान गरिरहेका प्राध्यापकले बताए।

राउटे जातिको कला संस्कृति
भाष्दैनिकिरितिरीवाजका बारेमा अध्ययन गरी रहेका प्राध्यापक भने(युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्‍नो दैनिक जिवनलार्इ आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्‍जंगल विनास हुँदै जानुजंगलमा बाँदर र गुना पार्इन छोड्‍दा बाख्रापालन गर्न थालेका छन्‍ ।राउटेको दैनिक जिवनशैलि सकारात्मक र नकारात्मक दुर्इ किसिमले परिवर्तन भैरहेको र विस्तारै राउटेहरु सामाजिकरण्तफ उन्मुख भैरहेको बताइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता (अम्मली), पैसामूखि भएका छन  विस्तारै पशुपालन गर्न थालेका छन सरसफार्इलार्इ ख्याल गर्न थालेका छन  कुरा गर्नमा सिपालु भएका छन |  पत्रकार र सिडियो राउटेको पहिलो सम्वोधन हुने गरेको छआफ्‍ना समस्याहरु खुलेर राख्न थालेका छन । स्थायी रुपमा बस्न नचाहनेवन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्‍नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातफ मोडिएको बताउँछन्‍ राउटेका विषयमा  अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनालीले राउटे जातिको वास्तविक तथ्याङ्‍क कति रहेको छ भन्ने कुरा उनीहरु बताउन चाहँदैनन राउटेका विषयमा  जानकारहरुका अनुसार राउटे जाति एक सय पैसठीको संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुखर्ेतदैलेखजाजरकोटकालिकोटबभाङबाजुराअछामरोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ ।उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन। आफ्‍ना सदस्यको मृत्यु भएमा लासलार्इ त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति साने गर्छन । उनीहरु विरामी भएमाचोटपटक लागेमाशरिरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्छन। राउटे समुदायका बालबालिका कुपोष्को सिकार भैरहेकाले उनीहरुलार्इ पौष्टिक युक्त आहारको व्यवस्था पर्नुपर्नेहात खुट्‍टामा घाउ खटीरा भएकाले स्वास्थ्य विविरमाफत स्वास्थ्य उपचारको व्यवस्था गनुपर्ने , उनीहरुलार्इ सामाजिकिरण् गर्न मानोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने  राउटेका विषयमा  अध्ययन गरेका विशेषज्ञको भनार्इ रहेको छ ।राउटे जाति लगायतका लोपउन्मुख जातिको संरक्ष्ण्का लागि सरकारले भत्ताआवासको कार्यत्रम ल्याएको छ । राउटेलाइ सामाजिकरण् गने वा यसरीनै जंगली घुमन्ते रुपमै रहने दिने भन्नेमा विवाद रहेको छ ।हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलार्इ फकाउनेमागी विवाह गनेनभए मुखियाको सहयोगमा विवाह गने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिन सम्म जुठो बानेनुन नखाने तर मासु नियमित खाने गर्छन । उनीहरुको मुख्य जाति कल्यालरासकोटीराजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो ।

राउटे जातिभित्र नेतृत्वका लागि पनि ठुलै विवाह हुने गरेको छ ।राउटे जातिको उत्थानका लागि मासिक भत्तामा सरकारले बृद्धि गनुपर्ने रकम नगद दिँदा दुरुयोग हुने गरेकाले सामागि्र सहयोग गने तफ ख्याल गनुपने
स्वास्थ्य उपचारका लागि महिना(महिनामा घुम्टी शिविरको प्रवन्ध गनुपनेजातिको संरक्ष्ण् गर्ने वा स्थायी रुपमा बसोबार गराउँने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपनेबालबालिकाका लागि बैकल्पिक शिक्ष्को प्रवन्ध गनुपनेमहिलाहरुलार्इ व्यवसायीक सिपमूलक रुचि अनुसारका तालिमहरु सञ्चालन गनुपने देखिन्छ ।

राउटेहरुको उत्पत्तकि सम्बन्धमा किंवदन्ती
कल्याल ठकुरी र रास्कोटी ठकुरी गरी राउटेमा दुर्इ जाति रहेका छन्‍ । कल्याल ठकुरीको सख्या बढी रहेको छ । राउटेबारे एक किंवदन्ती छ संसारमा चार जातका मानिस छन ।ब्रहमाका सन्तान ब्राहमण् । विष्ण्का सन्तान ठकुरी । महेशका सन्तान मगर (मंगोलर विश्वकर्मका सन्तान लोहर । यीमध्ये विष्ण्का सन्तान ठकुरीहरु फकोटमा बस्थे । उनीहरु सात भार्इ थिए । एक दिन ती सातभार्इ र बाबु समेत भर्इ भात खान बसेका थिए । ८ वटा थालमा भात पस्किएको थियो । खानेबेलामा माइलो भार्इ अचानक सन्कियो र बाबुको थालको भात समेत आफ्‍नो थालमा खन्याएर खान थाल्यो । आफु भोकै बस्नुपने भएपछी बाबु रिसायो र मेरो भाग किन खाइस्‍। मलाइ किन भोकै पारिस भन्दै भम्टीयो । अन्य ६ भाइले छुट्‍याए । त्यसपछी माइलो भाइ डरायो र भन्यो भैगो मलाइ नमार । मलाइ छाडी देउ । म बरु अन्तै गएर बसुँला । त्यसपछी उ भागेर फुकोटको ओरालो भmर्दाभmर्दा धेरै पर जंगलमा गइ काठको काम गरेर घुमन्ते जीबन बिताउन थाल्यो । त्यही माइलो ठकुरीका सन्तान राउटेहरु हुन्‍। त्यसरी फुकोट लाइ राउटहरुको मुलथलो मानिएको हो ।नेपालको महत्वपूर्ण् घुमन्ते जाति मध्यको राउटे आफुलाइ वनको राजा भएको दावि गर्छन्‍ । भारतको मध्य प्रदेशमा रावतहिमाञ्चल प्रदेशमा रंका नामका वन मानिस पाइए भै नेपालमा राउटे नामका वन मानिस पाइन्छन । कुसुन्डाजस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यिनीहरु  कृषि  र पशुपालन पेशा अपनाइ‍ नसकेको जंगली जाति वा  जनजाति पनि हो । यो जातिका बारेमा नेपालीलाइनै राउटेका बारेमा थाहा छैन र यो जाति पनि नेपाली हो भन्ने ज्ञानसमेत छैन । राउटेलाइ मान्छे हो भनौं भने गाउँमा बस्दैनमान्छे होइन भनौं भने मान्छे हो। राउटेहरुले आफ्‍नो उत्पत्तस्थल पश्चिम नेपालको फुकोट क्षेत्र  हालको सेती अञ्चालको सेती नदि र पूर्वमा प्यूठानको माडि नदीको बिचको क्षेत्र  बताउँछन । पूर्वमा प्यूठान र जाजरकोटपश्चिममा अछाम र डोटीउत्तरमा जुम्लाडोल्पा र दक्षिणमा दाङ्ग बाँकेसुखेतकालिकोटदैलेख जिल्लाका नदि किनार जंगली क्षेत्रमा  तिनीहरुको प्रमुख बास स्थान हुन। जातिपातिका दृष्टिले खेतीपाती गरी राजाको तिरो तिरी खाने र स्वतन्त्रपूर्वक जंगलमा घुम्ने राउटे गरी जम्मा दुइ जातमात्र छन्‍ भन्ने गरिन्छ । उनीहरु कहिलेदेखि उत्तक्ष्ोत्रमा छन भन्ने कुराको पुष्टि भर्इनसके तापनि हजारौं बर्ष्देखि बस्दै आएको अनुमा गरिन्छ । राउटे शब्दको व्यत्पत्तकि  राउटे शब्दबाट राजपुत्र राअउत(राउत(राउते हुँदै राउटे शब्द बनेको अनुमान गरेका छन । र यिनीहरु आफुलाइ राजाका हेपिएका भार्इका सन्तान बताउँछन्‍ भनेर लेखेका छन |

खानपान :
राउटेहरुले आफुलाइ बनराजाका रुपमा प्रस्तुत गर्दछन्‍ र बँादरढेडुवाको सिकार गर्छन्‍ । वनका कन्दमुल खान्छन्‍ । गोरस खाँदैनन्‍ । लोग्ने मान्छेहरु सिकार गनेकाठका भाँडा बनाउने गर्छन्‍ भने आइमाइहरु दाउरा बटुल्ने कन्दमुल खोज्ने र खाना बनाउने गर्दछन्‍ । राउटेहरु चोट लागे खोटो टाँस्छन्‍ । टाउको दुखे भmारपात खान्छन्‍ । घस्नुपर्दा खरानी घस्छन्‍ । भmरफुक पनि त्यतीकै गर्छन्‍ । विरामी परेमा स्वास्थ्य उपचार भन्दापनि उनीहरु थामी भाँत्रि बसालेर ग्रह काटनेभुतको भाग फाल्ने गर्छन । यिनीहरु स्याउलाका अस्थायी छाप्रामा बस्छन्‍ तर गाँउमा कहिल्यै बस्दैनन्‍ । एक ठाउँमा १५(२० दिन या एक महिना भन्दा बढी पनि बस्दैनन्‍ र एक पटक बसेर छोडेको स्थानमा १२ देखी १४ बर्ष्को भन्दा अगाडी फर्किदैनन्‍ । यिनीहरु खोलाको बग्ने पानी खाँदैनन्‍ र मूलको पानी मात्र खान्छन्‍ । यिनीहरु रुपियाँ पैसाको संग्रह गर्दैनन्‍ । बन्चरो बछुला भने जहिले पनी साथै लिएर हिड्‍छन्‍ । यिनीहरु अरुजस्तो गफ ठट्‍टा गरेर समय बिताउदैनन्‍ बरु खाली समयमा टुनीखिर्रोसिमल आदिका काठका आरीसन्दुस जस्ता भाँडा बनाइरहन्छन्‍ । एक ठाउँबाट उठेर हिडे भने पछाडी फकेर हेर्दा पनि हेर्दैनन्‍ । कसैको सित्तैमा लिनेmुठो बोल्ने र ठग्ने कहिल्यै गर्दैनन्‍ कसैले ठग्न खोजे रिसाउँछन्‍ । चाडपर्वमा हिन्दु धर्म संस्कारका अन्य जातिका मानिसहरुले जस्तै गरी सेल रोटी बनाउनेमाशुको जोडजाम गने र रमार्इलोसंग खानपिन गने गरेका छन्‍ ।

 भेषभुषा:- 
 जुत्ताचप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तफ उन्मुख भएको छ । उनीहरु खुट्‍टाको सुरक्ष्ाका लागि भन्दै जुत्ताचप्पल लगाउन थालेका छन्‍ । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गने उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तफ विस्तारै आत्रशित हुन थालेका छन्‍ । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्‍युँमा गादोशिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्‍टा भएको खस्रो कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन्‍ । जोडोको सयममा ठेटुवाका रुमाल ओडने गर्छन्‍ ।
गहना गहना :
अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाइ महत्वदिर्इदैन्‍ । धेरै मूल्य पने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण्ा सुनको प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलामपित्तलआल्मुनियम बाट बनेका गहना कानघाँटी र नारीमा लगाउँछन्‍ ।

शारीरिक बनोट :-
 सरसफार्इमा खासै ख्याल नराख्ने राउटे जाति अहिले परिवर्तन हुँदै गएको छ । यिनीहरुको शरीरको बनोट होचो कदचोडाछाती छोटा हात खुट्‍टा बाटीएका पिडौला । पातला दाह्री जुगांखस्रा केशशरीरमा कम रौं राउटेको शारिरीक पहीचान हो । राउटेहरुको शारीरिक बनोटमा बारेमा योगी नरहरिनाथ कोमत अनुसार अग्लो कदरातो बर्ण्सुगठित मांसपेशीसुदृढ हाड भएका हुन्छन्‍ । शारिरीक बनोटका बिष्यमा यात्री र योगी र अन्य कुरामा मिल्दो जुल्दो नै बताए पनि कदका बिष्यमा भने बिरोधाभाष् छ । एउटाले छोटो कद र अर्काले अग्लो कद बताइनु सायद आ(आफ्‍नै कदका राउटे भेटाएछन्‍ । शारिरीक सरसफार्इमा खासै ख्याल नराख्ने उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउन्‍दारीजुँगा काटने र सरसफार्इलार्इ महत्वका साथ गने गरेका छन्‍ ।

भाषाशैली :- 
 आफ्‍नो मातृ भाष्ा के हो भन्ने बारेमा अहिलेका राउटेहरुलार्इ जानकारीनै छैन्‍ । इतिहास विद्धका अनुसार राउटेहरुले बोलने भाष्ा खाम्ची भाष्ा हो । यिनीहरु पनि कुसुन्डाहरुले भै दुध खाँदैनन्‍ । हरेक पूण्िमामा अक्ष्ता र फलपातीले मष्टाको पुजा गर्छन । मष्टा बाहेक भुयाँर र सुर्यको पनि पुजा गर्छन । यो जातिको अनुवांशीक नाता अस्टेलोइट परिवारसंग निकटष्थ रहेको अनुमान समेत गरिएको छ ।

जनसंख्या :-
सुखर्ेतदैलेखदाङकालिकोटजाजरकोट जिल्लाका भेरी नदि किनारमा बसोबास गने राउटे जातिको एकिन तथ्याङक भने कसैसंग रहेको छैन्‍ । आफ्‍नो नाम र जनसंख्या लुकाउने उनीहरुले सरकारले दिएको मासिक भत्ता बुभmदा समेत बास्तविक तथ्याङक दिने गरेका छैनन्‍ । जनसंख्या बताउँनु धार्मीक रुपमानै बन्देज रहेको राउटेका मुखियाले बताउँछन्‍ । यस क्ष्ोत्रका जंगली क्ष्ोत्रमा पार्इने राउटेको संख्या हाल डेढ सयदेखि दुर्इ सयको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । बालबालिका पनि ४० जनाको संख्यामा हुन सक्ने राउटेका क्ष्ोत्रमा काम गने संस्थाको तथ्याङकले देखाएको छ ।यिनिहरुको संख्या अधिराज्यभर जम्मा जम्मी २ सयको संख्यामा रहेको मानव शास्त्रिहरुको एक मत रहेको छ । रार्इनहार्डले चाहि १०५ देखि १४० जना सम्म हुन सक्ने अनुमान गरेका छन्‍ । मेचीदेखि महाकालिको राउटेसम्वन्धी विवरण्मा पनि राउटेको संख्या १०४ देखि १४० सम्ममात्र भनिएको छ । २०४८ सालको जनगण्ानामा भने राउटेको संख्या ९५५ पुरुष्ा र २१२३ महिला गरी २८७८ उल्लेख भएको छ । जसलार्इ सवै मानव शास्त्रिहरुले गम्भीर त्रुटि भनेका छन्‍ । २०५८ सालको जनगण्नाअनुसार यस जातिको जनसंख्या ६५८ जना रहेको छ । 

विवाह प्रथा :-
हिन्दु धर्म मान्ने यो जातिको विवाह प्रथा अन्य जातिको जस्तै रहेको छ । केटाको तफबाट केटी माग्न केटाको बुबा र मुखियालार्इ लिएर जाने गरिन्छ । तर पहिलेको जस्तो मागेर विवाह गने संस्कार हटदै गएको राउटेका बताए । उनका अनुसार हाल केटा र केटीको मायापि्रति बसेमा भागेर विवाह गने गरेका छन्‍ । भाजुसंग यिनिहरुको हेलमेल हुने गर्दछ । रास्कोटी र कल्याला ठकुरी गरी दुर्इ जाति भएकाले एक जातिमा नभएरे अन्तरजातिय विवाह गने गरेका छन्‍ । राउटेहरुले विवाह गर्दा बंशान्तर विवाह गने गर्दछन्‍ । एउटै बंशभित्र विवाह गनुलाइ पाप कर्म ठान्दछन् । विवाह परम्परामा उनीहरुले ब्राहमण् तोकेर त्यहि व्यत्तmि माफत कर्मकाण्ड गने गर्दछन्‍ । १५(१६ बर्ष्कै उमेरमा यो जातिमा बालविवाह हुनेगरेको छ । बाल विवाहका कारण्ा बालबालिकाहरु अस्वस्थकर जन्मनेकुपोष्ित हुनेआमा कम्जोर हुनेआमा र बच्चाको ज्यान समेत जोखिममा पने गरेको छ ।

धर्म संस्कृति :-
साउने संत्रान्तिदशैपुष्ोमाघे संत्रान्तिचैत दशै जस्ता चाडपर्व मान्ने गर्दछन्‍ । दशैमा मान्यजन संग हिन्दु परम्परा जस्तै गरी टीका लगाउँछन्‍ । खसीकुखुराभेडाको बली चडाउँछन्‍ । जाँड रक्सीमासु खान्छन्‍ । नाच गान गरेर रमार्इसंग पर्वहरु मनाउने गर्दछन्‍ । खानामा भातपुवा खान मन पराउँछन्‍ । अरुले मारेको वा अरुले मारेको जनावर वा आफै मरेको जनावारको माशु खाँदैनन्‍ । बाँदर र गुनाको मासु काचै पनि खान्छन पोलेर पनि खान्छन्‍ । आफैले देखेको जिचमा मात्रै विश्वास गर्दछन्‍ । आफुले बनाएका काठका भाँडा गाउँ गाउँमा पुगि अन्न संग साटेर अन्न लिएर जंगल फर्किन गर्दछन्‍ । आफुले जानेका उखान टुक्कालार्इ सुनाउने सिकाउने गर्दछन्‍ । जमिनमा अनय परम्परा जस्तै गरी खेती गर्न मन पराउँदैनन्‍ । लोग्ने मानिस नाचछन्‍ तर महिलालार्इ नाचन दिँदैनन्‍ । आफ्‍नो घर राउटे भन्दा बाहिर वस्न मन पराउँदैनन र अरुलार्इ पनि वस्तीघरमा पस्न र वस्न दिँदैनन्‍ । लोग्न मानिस र विदुवा आर्इमार्इ बाहेर अरुलार्इ गाउँ प्रवेश गर्दैनन्‍ । 

अन्तीम संस्कार :-
 राउटेहरु मान्छे मर्दा गाडने गर्छन । गाडदा मृतकका भाँडाकुँडा कपडा उसले सिकारमा लैजाने जालबन्चराको विडसवै लाससंगै राखेर माटाले पुरिन्छ र माटाले ढुँगाले थिच्ने काम गरिन्छ । मान्छे मरेको १३ दिनमा चोखिने काम हुन्छ । साना बालबालिका मरेमा ९ दिनमै चोखिन्छन्‍ । किरिया वस्दा नुन खाँदैनन्‍ । अरुको घरमा जाँदैनन्‍ । टोपी फेटा लगाउँदैनन्‍ । भात मात्रै खान्छन्‍ । आफ्‍नै जातिमा एक जनालाइ ब्राहमण् तोकेर त्यही व्यत्तmिमाफत कर्मकाण्ड गने गर्दछन

No comments:

Post a Comment