काठमाडौंबाट करिब १
सय ४ किलोमिटर पश्चिम गोरखा जिल्लामा पर्ने भगवती मनकामनाको मन्दिर अत्यन्त
प्रसिद्ध र ऐतिहासिक महŒवको तीर्थस्थल हो।
मनकामना माईको भाकल गरे, चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ। गोर्खाका
राजाहरूले राज्य विस्तार गर्दा मनकामना माईको आशीर्वाद पाएका थिए भनिन्छ।
मनकामना माईको थानलाई धेरै अघिदेखि गोर्खाली राजाहरूले सुसज्जित
गराउँदै शाहवंशीय मन्दिरको रूप दिँदै आएका छन्। खास पूजा हुने ठाउँमा एउटा
खाल्टोमा पाँच शिला ठडिएका छन्। यसमध्ये दुई ठूलालाई मनकामना र भैरव तथा अन्य तीन
सानालाई क्रमशः गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ।
पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौंको मैतीदेवी
भगवतीसँग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण पाइन्छ।
त्यसैले मनकामनाको नित्य पूजाको जिम्मा थापामगरको भए तापनि त्यहाँ
वैशाख सुदी–बदी र मंसिर सुदी–बदीको गुठी पञ्चमी पर्वमा चाहिँ झ्वाहलका गुभाजूले पुरोहितको काम
गर्दछन्।
मनकामना मन्दिरमा विभिन्न धार्मिक संस्कारको मिलन देखिन्छ। मगर पुजारी
स्थानीय आदिम विश्वासको प्रतीक हो। हिन्दू श्रेष्ठद्वारा देवीको सुसारेको काम
गरिन्छ। गुठी पञ्चमीको पर्वमा बौद्ध गुमाजूको तान्त्रिक विधि गरिन्छ भने मन्दिर
पेटीमा अर्याल र मरहट्ठा बाहुनहरू पुराणवाचन गर्दछन्।
मनकामना माईको उत्पत्ति राजा राम शाह (ई. १६१४–१६३६)को पालामा भएको
हो। किंवदन्ती अनुसार राम शाहकी रानी लीलावती देवीकी अवतार थिइन्। यसको ज्ञानको
उनका भक्त लखन थापामगरलाई मात्रा थियो। एकपटक राजाले आफ्नी रानीलाई अन्य
देवीदेवताको माझमा भगवती देवीको रूपमा सभामा बसिरहेको देखे। वास्तविकता थाहा
पाएपछि राजालाई रानीले भनिन्– यो कुराको जानकारी हजुरलाई नभएको भए मैले हजुरलाई चक्रवर्ती राजा
बनाउने थिएँ।
आजभन्दा करिब तीन सय वर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउँमा
एउटा किसानले हलो जोत्दा एउटा ढुंगामा ठेस लागेछ र ढुंगाबाट दूध र रगत बग्न थालेछ।
यो सुनेपछि लखन थापाले त्यहाँ तान्त्रिक पूजा गरे र त्यसपछि रगत रोकियो।
सोही थलोमा देवीको स्थापना गरियो। यो घटनापछि गोर्खाका राजाले मनकामना माईको सेवा
गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए। यहाँका मूल
पुजारी सुरुदेखि नै रैथाने थापामगर छन् र हालको मगर पुजारी पनि लखन थापाको १७–१८ औं पुस्ताका
सन्तान हुन्।
No comments:
Post a Comment