Wednesday, 30 October 2013

कुसुण्डाले राउटेलाई भने

अम्बापुर , असार २८ - 
कुसुण्डा प्रेमबहादुर शाहीले राउटे मुखिया प्रतिनिधि शिवराम शाहीलाई भने, 'वनको राजा हामी हौं, तिमीहरू हाम्रा रैती हौ । हामी गाउँमा बसिसक्यौं, तिमीहरू नबस्ने ?' फिरन्ते जीवनका क्रममा राउटेहरू कुसुण्डा देखेर भाग्थे । कुसुण्डाले जंगलमा आफ्नो अधिकार भएको भन्दै राउटेबाट राजस्व असुल्ने भएपछि राउटे भागीभागी हिंड्ने गरेको प्रेमबहादुरले बताए ।

'अब भाग्नु पर्दैन । हामीजस्तै गाउँमै आएर बसे हुन्छ,' घोरही ५ अम्बापुरस्थित उनकै घर पुगेका राउटेलाई प्रेमबहादुरले भने, 'हामी पनि पहिले तिमीहरूजस्तै जंगलमा सिकार गर्दै हिंड्थ्यौं । त्यसरी सधैँ सम्भव हुँदैन, घर बनाएर बस्नैपर्छ ।' कुसुण्डादेखि भागभागी हिंड्ने राउटेलाई उनीहरूको बस्ती पुगेर भेटघाट गर्ने कार्यक्रम बनाएपछि सुरुमा खुलेर कुराकानी गर्न तयार भएनन् । जंगलबाट गाउँ बस्न थालिसकेका कुुसुण्डाको अवस्था र जंगलमा बस्दाको अनुभव साटासाट गर्ने भनेपछि राउटे पनि तयार भए ।

प्रेमबहादुरले लामो समयअघि कुसुण्डाका राजाको हत्या गरेर जंगल लखेटिएको बताए । 'जंगलमा हाम्रो पूर्ण अधिकार थियो । राउटेले रूख काट्ने र भाँडाकुँडा बनाउने गर्न थालेपछि हामीले कर लिएका हौं,' फिरन्ते जीवन भोगेका उनले भने, 'जंगल हाम्रै हो भन्ने भावना हामीमा थियो । राउटे हामीदेखि भाग्थे । हामीलाई सबैले वनराजा भन्थे ।' कुसुण्डाका कुरा राउटेले ध्यानपूर्वक सुने अनि केही जिज्ञासा राखे । 'हामीले पनि कुसुण्डाबारे सुनेका थियौं तर भेट्न पाएका थिएनौं,' शिवरामले भने, 'अहिले भेट्न 

पाइयो । तपाईंहरू गाउँमा बसिहाल्नुभएछ । हामी त पुर्खादेखि नै जंगलमा बसेको, अहिले किन छोड्नु र ? त्यहाँ हामीलाई केही डर पनि छैन ।'

कुसुण्डालाई सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिएको छ । कुसुण्डाले राउटेलाई यस्तै घर बनाएर बस्न आग्रह गरे तर उनीहरूले गाउँमा बस्न खासै मन गरेनन् । जिल्लामा १० परिवारका ९० कुसुुण्डा रहेको अध्यक्ष धनबहादुरले जानकारी गराए । फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिकीकरण गर्ने योजनाअनुसार अर्थ मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कुसुण्डासँग भेटघाट कार्यक्रम राखेको हो । 

चितवनका चेपाङ, दाङका कुसुण्डा र बाँकेका कुसपडियासँग भेटघाट गराएर उनीहरू कसरी जंगलबाट गाउँमा आए भन्ने राउटेलाई सिकाउने प्रयत्न गरेको कोषका अनुगमन अधिकृत जनक पाण्डेले बताए । राउटे बिस्तारै परिवर्तनतर्फ उन्मुख हुन थालेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । 'जंगलबाट गाउँ आएका विभिन्न जातिको अवस्था हेरेपछि राउटे पनि घर बनाएर बस्दा राम्रै हुने रहेछ भन्न थालेका छन्,' उनले भनिन्, 'लामो समय जंगलमा बसेकाले एकैपटक जीवनशैली बदल्न कठिन भएको हो । जंगलमा उनीहरू निकै जोखिम जीवन बिताइरहेका छन् । उनीहरूको रक्षाका लागि पनि घर बनाएर बसाल्न आवश्यक छ ।'

प्रकाशित मिति: २०७० असार २९ ०९:५०
दुर्गालाल के.सी. कान्तिपुर 


एक्ली कुसुण्डा

दाङ, आश्विन २५ - 
जंगलमा बस्ने कुसुण्डा जातिका बलबहादुर सेन ठकुरीले रोल्पाको जुर मसिनाकी युवती गोकुली पुनलाई फकाएर अर्घाखाँचीको बल्कोटस्थित जंगलमा पुर्‍याए । गाउँमा खैलाबल्ला मच्चियो, जंगलमा बस्ने वयस्क कुसुण्डाले गाउँकी चेलीलाई भगाएपछि गाउँलेहरू अचम्मित पनि भए ।

भागी विवाह भएको १९ वर्षसम्म गोकुली माइती फर्किनन् तर जब जंगली जीवनका क्रममा श्रीमान् सेनको दाङको हर्नोकस्थित जंगलमा मृत्यु भयो, त्यसपछि उनीहरूलाई शिकार खेल्न र खानाको जोहो गर्न गाह्रो भयो । श्रीमान्को मृत्युपछि गोकुली दुई छोरा र तीन छोरीलाई लिएर माइतीमा फर्किन् । उनलाई गाउँमा र्फकन निकै गाह्रो भएइहेको थियो, माइतीमा पस्न पाइने हो कि होइन भन्ने अन्योलका बीच माइतीमा पुग्दा त्यस्तो केही भएन । अनि गाउँमा बस्न पाइन् ।

माइतीमा बस्दाबस्दै छोराछोरीको विवाह भयो । त्यसमध्ये विभिन्न समयमा सबै छोराछोरीको मृत्यु भयो । त्यसपछि एक्ली कुसुण्डाका रूपमा बचिन् माइली छोरी ज्ञानीमाया । उनले चैलाही ३ कुलमोडका काले राना मगरसँग विवाह गरिन् । अहिले उनका एक छोरा, दुई छोरी र आठ नाति र ५ नातिनी भइसकेका छन् । ७५ वषर्ीया यी वृद्धा जंगलबाट गाउँको यात्रा गरेर बचेका थोरै वृद्धामध्येकी एक हुन् ।

जंगली फिरन्ते जीवनको अन्त्य भए पनि आफ्नो जातिको पहिचान दिने कुसुण्डा भाषाको संरक्षण गर्न कुसुण्डा वृद्धा ज्ञानीमाया लागेकी छिन् । बुढेशकालमा आराम गर्नुको साटो उनी भाषाको प्रचारप्रसार गर्दै शिक्षिकाको रूपमा क्रियाशील छिन् । जंगलमा बोल्ने गरेको भाषालाई कसरी बचाउने भन्ने चिन्ताले उनलाई सताएको छ । घरमा आउने जो कोहीलाई पनि उनी आफ्नै भाषामा भन्छिन्, सजाक अर्थात् नमस्ते । कुसुण्डा भाषामा घरलाई उइ, मान्छेलाई नु, टाउकोलाई इपी, दाँतलाई उ भन्छन् । उनी यस्ता अनेक शब्द सुनाएर सबैलाई छक्क पार्छिन् ।

'जंगलमा हिँडेका कुसुण्डाहरू छैनन्, नयाँ छोराछोरी र नातिनातिनाले त्यो भाषा सिक्न मन गर्दैनन्,' उनले भनिन्, 'अब आफ्नो मृत्युपछि यो भाषा यसरी लोप भएर जान्छ कि भन्ने चिन्ता छ ।' त्यसैले उनी दिनरात कुसुण्डा भाषा सिक्न चाहनेलाई शिक्षिका बनेर सिकाइरहेकी छिन् । श्रीमान् काले रानाको २०२९ सालमा मृत्यु भएपछि उनले चैलाहीकै मानबहादुर पुनसँग विवाह गरिन् । उनीबाट एक छोरी जन्मिन् तर वैवाहिक सम्बन्ध राम्रो हुन नसकेपछि उनले २०६८ मंसिर २७ गते सम्बन्ध विच्छेद गरिन् ।

अहिले उनी जेठा श्रीमान्तर्फका छोरा प्रेमसँग बसिरहेकी छिन् । नाति विशाल, विक्रम, विप्लव र नातिनीहरू कल्पना, रक्षासँग खेलेर उनले अधिकांश समय बिताउँछिन् । उनी नातिनातिनालाई भाषा सिकाउने प्रयास गर्छिन् । ७ वर्षकी कान्छी नातिनी रक्षाले मात्रै भाषामा रुचि लिइरहेकी छिन् । उनी साँझबिहान रक्षालाई कुसुण्डा भाषा लेख्न र बोल्न सिकाउँछिन् ।

९ वर्षको उमेरमा जंगलमा बस्दा सिकेको कुसुण्डा भाषा उनले अहिलेसम्म कति पनि बिर्सेकी छैनन् । कुसुण्डा भाषाको विषयमा अध्ययन गर्नेहरू उनको घरमा महिनौंसम्म बसेर जान्छन् । उनी पूरै समय दिएर सिकाउँछिन् । 'मेरो भाषाको खोजी हुन थालेकोमा साह्रै खुसी लागेको छ,' उनले भनिन्, 'महिनैपिच्छे भाषा सिक्ने मानिसहरू आउँछन् । यसले मलाई उत्साहित बनाएको छ । हाम्रो जातिको पहिचान नै हराउन थालेको बेला भाषाको संरक्षण हुन सकेमा धेरै उपलब्धि हुने थियो ।'

भाइ, दिदी र कान्छा बुवाकी छोरी कमलाले पनि भाषा बोल्थिन् तर भाइ र दिदीको मृत्यु भइसक्यो । कमला विवाह गरेर भारत गएकी आजसम्म फर्केकी छैनन् । भाषा बोल्ने कोही नभएपछि उनलाई साह्रै चिन्ता भएको छ । 

जंगल कुसुण्डाहरूकै हो भन्ने ठानेर डर मान्दै हिँड्ने राउटे जाति अहिलेसम्म पनि जंगलमै छ । तर वनराजाको रूपमा सर्वेसर्वा भएर जंगलमा बसेका ज्ञानीमाया जस्ता कुसुण्डाहरू भने व्यवस्थित जीवनको खोजीमा गाउँ नजिक बस्न थालिसकेका छन् । जंगलमा बस्दा कुसुण्डा राजा थियो भने राउटे रैती । राजाले रैतीबाट कर उठाउने भएकाले जंगल बसेबापत कर तिर्नुपर्छ भनेर राउटेहरु कुसुण्डादेखि भाग्थे । त्यतिबेलाको रैती राउटे अहिलेसम्म पनि गाउँ बस्न मानिरहेको छैन तर त्यसबेलाको राजा कुसुण्डाको जंगल बसाइँ समाप्त भइसकेको छ ।

जिल्लामा १० परिवारका ९० जना कुसुण्डाहरू रहेको कुसुण्डा समाजका अध्यक्ष धनबहादुर सेन बताउँछन् । कुसुण्डाहरू विगतमा मृगका चाल सुन्दै जंगल चहार्ने गर्थे । 'इंगिन चिर्ते' अर्थात् 'रात पर्‍यो जाउँ' भनेपछि उनीहरू दिनभरिको सिकार खेल्ने कामलाई रोकेर साँझपख जंगल छेउको झुप्रोमा र्फकन्थे । चार/पाँच जनाको समूह भएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने र गाउँबाट सिदा -भिक्षा) उठाएर जंगलमा लगेर खाने गरेका जंगली जीवनका दिनहरू कुसुण्डाको मानसपटलमा ताजै छन् । 

कुसुण्डाहरू 'वनराजा' 'कुसुण्डा' 'वनकरिया' जस्ता नामले चिनिन्छन् । जंगलमा घुम्ने, बस्ने वातावरण नभएपछि र अग्रजहरूको मृत्यु भएपछि पछिल्लो पिंढी त्यत्तिकै लोप हुँदै गएको उनीहरूको दुःखेसो छ । दाउरा-पानी नजिक हुने, सिकार गर्न पाइने र एकान्तमा बस्न पाउनेजस्ता जंगली जीवनका धेरै आकर्षणहरू भए पनि समूहमा हिँड्ने खालको आफ्नो जातिको संख्या नभएकाले अब व्यवस्थित सामाजिक जीवनको खोजीमा रहेको समाजका अध्यक्ष सेन बताउँछन् ।
दुर्गालाल के.सी.
कान्तिपुर

प्रकाशित मिति: २०७० आश्विन २६ १०:१७


राउटे

राउटे जाति परिवर्तनतर्फ उन्मुख
बाख्रापालन गर्ने इच्छा



दीपक बुढा सुर्खेत,
         लापोन्मुखघुुमन्ते राउटे जातिको दैनिक व्यवहाररहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँपैसाआधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु पछिल्लो समयमा बाख्रापालन गर्ने इच्छा व्यक्त गर्न थालेका छन् । वनजंगल विनास हुँदै जानु र उनीहरुको मुख्य आहार गुनाबाँदर पाइन छोडेपछि राउटेहरुले बाख्रा पाल्ने इच्छा ब्यक्त गरेका हुन् ।  
         राउटेका मुखिया ऐनबहादुर शाहीले हाम्रो अखवारसँग कुरा गर्दै भने–‘हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडेचाडपर्वमा मासु खानुपर्छ कसैले सहयोग गरेमा हामी बाख्रापालन गर्ने थियौं ।’ सामुदायिक वन र राष्ट्रिय वनमा प्रवेश असहज भएको बताउँदै राउटेका मुखिया ऐनबहादुरले सरकारसामुदायिक वनजिल्ला वनप्रशासनलाई वनमा प्रवेश गर्ने वातावरण मिलाइदिन आग्रह गरे । वन जंगल विनाससँगै राउटेको मुख्य आहारा जंगली जनावार लोप भैरहेका छन् साथसाथै काठका सामग्री बनाएर बिक्री गरेर खाद्यान्न जुटाउने उनीहरुको अर्को पेशा पनि संकटमा पर्दै गएको छ ।
    ‘दिनप्रतिदिन गासबास र कपासको समस्या हुन थाल्यो’ मुखिया ऐनबहादुरले भने–‘सरकारले दिँदै आएको मासिक भत्ता बढाएर पाँच हजार पु¥याउनुप¥योसमयमै पाउनुप¥यो ।’ राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहनेफोटो खिच्न नदिनेमहिलाहरुलाई सँगै नहिंडाउने मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तरपछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छनमहिला प्रतिनिधिलाईसँगै हिडाउँछन्मुखियाले भनेपनि चित्त नबुझेमा आन्तरिक संघर्ष गर्ने गरेको राउटेका विषयमा अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी बताउँछन् । 
राउटे जातिको कला संस्कृतिभाषादैनिकीरितिरिवाजका बारेमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका दुई जना प्राध्यापक गुरुप्रसाद गौतम र केशर रायमाझीले अध्ययनअनुसन्धान गरिरहेका छन् ।
    राउटेका विषयमा अध्ययन गरी रहेका प्राध्यापक रायमाझीले भने–‘युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित  रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्जंगल विनास हुँदै जानुजंगलमा बाँदर र गुना पाइन छोड्दा बाख्रापालन गर्ने इच्छा राखेका छन् ।’ राउटेको दैनिक जीवनशैली सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको र विस्तारै
राउटेहरु सामाजिकरणतर्फ उन्मुख भैरहेको बताइएको छ ।
        स्थायी रुपमा बस्न नचाहनेवन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको बताउँछन् वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनाली । राउटे जातिको बास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा उनीहरु बताउँन चाहँदैनन् ।
         राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुर्खेतदैलेखजाजरकोटकालीकोटबझाङबाजुराअछामरोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ । उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन् । आफ्ना सदस्यको मृत्यु भएमा लासलाई त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति सार्ने गर्छन । उनीहरु बिरामी भएमाचोटपटक लागेमाशरीरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने गर्छन् । राउटे समुदायका बालबालिका कुपोषणको सिकार भैरहेकाले उनीहरुलाई पौष्टिक युक्त आहारको व्यवस्था गर्नुपर्नेहात खुट्टामा घाउ खटिरा भएकाले स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेउनीहरुलाई सामाजिकिरण गर्न मनोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा जानकार व्यक्तिहरुको भनाई रहेको छ ।
हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउनेमागी विवाह गर्नेनभए मुखियाको सहयोगमा विवाह गर्ने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिनसम्म जुठो बार्नेनुन नखाने तर मासु नियमित खाने गर्छन् । उनीहरुको मुख्य जाति कल्यालरास्कोटीराजवंशी हुन्छ । उनीहरुको कुलदेवता  दारेमस्टो हो । राउटेका मुखिया ऐनबहादुरविरबहादुरडिलबहादुर र सुर्यबहादुर शाही गरी पाँच जनारहेका छन् । दशैतिहारमाघे संक्रान्तिचैते दशैं मनाउने राउटे समुदायको संस्कृति प्रदर्शन कार्यक्रम शुक्रवार सुर्खेतको स्थानीय वीरेन्द्रनगर बहुमुखी क्याम्पसले आयोजना गरेको थियो ।
       राउटे संस्कृतिको संरक्षण गर्दै उनीहरुको समस्याका बारेमा सरोकारवाला निकायवीचमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा राउटेका विषयमा अनुसन्धानकर्ता वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी र प्राध्यापक गुरुप्रसाद गौतमले आफ्नो अनुसन्धानलाई सफल पार्न राउटेसँग मित लगाएका थिए ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भुषणकुमार मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रीय प्रशासन डा. धनराज रतालासुरक्षा निकायका प्रमुखविभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा राउटे समुदायलाई वीरेन्द्रनगर बहुमुखी क्याम्पसले दुई वटा खसी र साढे तिन सय केजी चामल दिएको छ ।

..................................................................................................................................
राउटे भित्रको प्रेम विवाह 

दाङमाघ १४ - बलबहादुर शाही गत वर्ष बाघमारे  गाउँभरि मह खोज्दै हिँडे । एक धार्नी मह बोकेर बेलुकीपख जंगलतिर उकालो लागे । जंगलमा कन्दमूल र सिकार गरेर जीवन बिताइरहेका शाहीलाई किन महको चटारो पर्‍यो गाउँले अचम्म मान्दै थिए ।
उनलाई भोलिपल्ट सम्धी मेलो गर्नुपर्ने रहेछ । छोराको बिहेका लागि केटीको घरमा 'पाहुरलिएर जानुपर्ने चलन भएकाले उनी मह खोज्न भांैतारिएका हुन् । त्यसका लागि उनी मुखियासँग पाँच सय रुपैयाँ सापटी लिएर विवाहको सरसामान जुटाउने दौडधुपमा लागेका थिए ।
'मह दिएर खुसी पारेपछि बुहारी पाउने सम्भावना बढी हुन्छ । छोराले मन पराएको केटीको घरमा केही पाहुर लिएर जानुपर्ने चलन छ,' उनले भने, 'उपहार स्विकारेपछि छोरी दिनुपर्ने हुन्छ । विवाहको पक्कापक्कीजस्तो हुन्छ ।बास सर्दै हिँड्ने राउटेहरू जंगलमा कसरी विवाह गर्छन् होला ?सबैलाई जिज्ञासा हुन सक्छ तर उनीहरूको विवाह संस्कारमा आम मानिसभन्दा त्यति भिन्नता छैन ।
केटाकेटी मन परेपछि बुहारी माग्न जानेविवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन
छ । भोजका रूपमा उनीहरू भातमासु र जाँड बनाउँछन् । मासुका लागि जंगलमा सिकार खेल्छन् । सिकार नभेटिए रक्सी र भातमै चित्त बुझाउँछन् । विवाहका दिन नाचगान र रमाइलो गर्ने गरेको मुखिया मैनबहादुर शाहीले बताए ।
राउटे युवतीहरू फुपूका छोरासँग विवाह गर्ने गर्छन् । राउटेहरू सबै ठकुरी जातिका छन् । कल्याल र राजकोटी जातिका राउटेहरू धेरै छन् । कल्यालहरू राजकोटीका भान्जाभान्जीहरू रहेको राउटेबारे लामो अध्ययन गरेकी राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् ।'मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । केटाकेटी मन परेपछि बाआमालाई भन्छन्,' उनले भनिन्, 'बाआमा बुहारी माग्न जान्छन् र प्रक्रिया अघि बढाउँछन् । प्रेम भए पनि मागेरै बिहे गर्ने चलन हुन्छ । आफैं भाग्ने हुँदैन ।'
'कुल सोधेर छोरी विवाह गर्नुमूल सोधेर पानी खानुभन्ने उखानका आधारमा विवाह हुने गरेको उनले बताइन् । त्यसैले बुहारी हेर्दा आमाबाबु भएकीराम्रो बानीबेहोरा भएकी केटी खोज्ने चलन छ । कतिपय युवाले ११/१२ वर्षमै केटी छान्ने गरेको अधिकारीले बताइन् । 'मन पर्‍यो भने यो मेरो हो भनेर रोजेर राख्ने गर्छन् । एउटाले रोजेकालाई अरूले हेर्न पाइँदैन । उसैले मात्र विवाह गर्न पाउँछ,' उनले भनिन्, 'रोजेकीमध्ये एक जनाको मृत्यु भएमा कतिपय त त्यसैका नाममा जीवनभर विधवा/विदुर भएर बस्ने चलन पनि छ ।'
महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्ने चलन रहेको राउटेका पूर्वमुखिया ऐनबहादुर शाहीले बताए ।'बच्चा पाउँदा धेरै महिलाको मृत्यु हुने हुँदा हाम्रो जातिमा महिलाहरू कम छन्,' उनले भने, 'बूढो उमेरसम्म पनि केटी नपाउनेहरू धेरै छन् । त्यस्तो अवस्थामा पाकाहरू पनि सानै उमेरका केटी रोज्न तम्सिन्छन् ।'
राउटेहरूमा बहुविवाह भने पूर्ण रूपमा प्रतिबन्धित छ । बहुविवाह गर्नेलाई मुखियाले कारबाही गर्ने भएकाले कसैले गर्दैनन् । विधवा/विदुर विवाह भने प्रचलनमा रहेको सहायक मुखिया धनबहादुर शाहीले बताए । 'एक्लो जीवन बिताउँदा दुःख भएकाले विधवा/विदुरलाई विवाह गर्न दिइन्छ,'उनले भने ।
विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुराकानमा रिङपोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिंगार्ने गरिन्छ । विवाहमा हाम्रो जस्तो सिन्दूर हाल्ने व्यवस्था हुँदैन । 'सधैं सिन्दूर लगाउन पाइँदैन । त्यसैले मुखियाले यिनीहरूको विवाह भयो भनेर जानकारी दिएपछि भोज गरेर विवाह भएको मानिन्छ,' सहायक मुखिया शाहीले भने, 'पानी पाइने ठाउँ भए केटाकेटी नुहाउँछन्,नभए त्यत्तिकै हो ।'
विवाहपछि सुहागरात कहाँकसरी मनाउँछन् त ? 'छुट्टै छाप्रो बनाएर बस्छन् । जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छन्,' रामबहादुर शाहीले भने, 'केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन् । मुखियाले पनि केही काम लगाउँदैनन् ।राउटेहरूले बाहिरी समुदायका केटाकेटीसँग विवाह गर्छन् कि गर्दैनन् त ? 'गर्दैनन्हाम्रा छोरीहरू गाउँमा गएर खेतीपाती गर्न सक्दैनन् । गाउँको केटी यहाँ आएर जंगलमा घुम्न सक्दैनन्,'मुखिया शाहीले भने, 'त्यसैले हाम्रो जाति र संस्कार बचाउन पनि बाहिर विवाह हुँदैन ।'

राउटे समुदाय भित्र तिन जात छन् ती हुन , कल्याल ठकुरी , राजकोटीठकुरी   र छत्याल ठकुरी हेर्नुहोस 

राउटे भित्रको विवाह हेर्नुहोस 

..............................................................................................................................................................
विगतका वर्षहरुमा पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाइ तिरस्कार गर्ने  राउटे समुदायले  पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुनाबाँदर नपार्इने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन | 

सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म बाख्रापालन गरेका छन,  देउताको पुजा गर्दा होस वा अन्य परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन |सामुदायिक वन र राष्टि्रय वनमा प्रवेश गर्दा कुनै(कुनै ठाउँमा जंगलपनि संरक्ष्ण् गने भन्दै अवरोध सृजना गनेगरिएको बताउँदै राउटेका मुखिया एैनबहादुरले सरकारसामुदायिक वन,जिल्ला वनप्रशासनलार्इ वनमा प्रवेश गने वातावराण् मिलाइदिन पटक पटक आग्रह गर्दै आर्इरहेका छन |वन जंगल विनाससँगै राउटेको मुख्य आहार जंगली जनावारको लोप भैरहेको छ भने काठका सामाग्री  निर्माण् गरी विक्रिवाट खाद्यन जुटाउने उनीहरुको पेशा संकटनमा पने सम्भावना रहेको छ ।

राउटे जातिले पहिले नयाँ अर्को समुदायको मान्छे
 देख्दा डराउने बोल्न नचाहनेफोटो खिच्न नदिनेआफ्‍ना महिला प्रतिनिधिलार्इसंगै नहिडाउनेमुखियाले भनेका सवै कुरा पालना गनर्े गथे तर पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन | महिलाहरुपनि सार्वजनिक कार्यत्रmमहरुमा देखिन थालेका छन्‍ । बाहय मानिसहरुसंग पनि कुरा गर्न थालेका छन्‍ । कसैले बोल्ने इच्छा जागेर प्रयास गरेमा पहिलो उनीहरुको माग रुपैयाँ वा जुरोटविडि मध्यका एक वस्तु हुने गरेका छन्‍ ।खुलेरै आफ्‍ना समस्या राख्ने गर्छनपत्रकारलार्इ धेरै सम्भmीने गर्छनमहिला प्रतिनिधिलाइसंगै हिडाउँछनमुखियाले भनेपनि चित्त नबुभmेमा आन्तरीक संघर्ष् गने गरेको राउटेका विष्यमा अनुसन्धान गरिरहेका प्राध्यापकले बताए।

राउटे जातिको कला संस्कृति
भाष्दैनिकिरितिरीवाजका बारेमा अध्ययन गरी रहेका प्राध्यापक भने(युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्‍नो दैनिक जिवनलार्इ आधुनिक संस्कृति अनुसार परिवर्तन गरिरहेका छन्‍जंगल विनास हुँदै जानुजंगलमा बाँदर र गुना पार्इन छोड्‍दा बाख्रापालन गर्न थालेका छन्‍ ।राउटेको दैनिक जिवनशैलि सकारात्मक र नकारात्मक दुर्इ किसिमले परिवर्तन भैरहेको र विस्तारै राउटेहरु सामाजिकरण्तफ उन्मुख भैरहेको बताइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता (अम्मली), पैसामूखि भएका छन  विस्तारै पशुपालन गर्न थालेका छन सरसफार्इलार्इ ख्याल गर्न थालेका छन  कुरा गर्नमा सिपालु भएका छन |  पत्रकार र सिडियो राउटेको पहिलो सम्वोधन हुने गरेको छआफ्‍ना समस्याहरु खुलेर राख्न थालेका छन । स्थायी रुपमा बस्न नचाहनेवन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्‍नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातफ मोडिएको बताउँछन्‍ राउटेका विषयमा  अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनालीले राउटे जातिको वास्तविक तथ्याङ्‍क कति रहेको छ भन्ने कुरा उनीहरु बताउन चाहँदैनन राउटेका विषयमा  जानकारहरुका अनुसार राउटे जाति एक सय पैसठीको संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुखर्ेतदैलेखजाजरकोटकालिकोटबभाङबाजुराअछामरोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ ।उनीहरु एक स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन। आफ्‍ना सदस्यको मृत्यु भएमा लासलार्इ त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति साने गर्छन । उनीहरु विरामी भएमाचोटपटक लागेमाशरिरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्छन। राउटे समुदायका बालबालिका कुपोष्को सिकार भैरहेकाले उनीहरुलार्इ पौष्टिक युक्त आहारको व्यवस्था पर्नुपर्नेहात खुट्‍टामा घाउ खटीरा भएकाले स्वास्थ्य विविरमाफत स्वास्थ्य उपचारको व्यवस्था गनुपर्ने , उनीहरुलार्इ सामाजिकिरण् गर्न मानोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने  राउटेका विषयमा  अध्ययन गरेका विशेषज्ञको भनार्इ रहेको छ ।राउटे जाति लगायतका लोपउन्मुख जातिको संरक्ष्ण्का लागि सरकारले भत्ताआवासको कार्यत्रम ल्याएको छ । राउटेलाइ सामाजिकरण् गने वा यसरीनै जंगली घुमन्ते रुपमै रहने दिने भन्नेमा विवाद रहेको छ ।हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा केटाले केटीलार्इ फकाउनेमागी विवाह गनेनभए मुखियाको सहयोगमा विवाह गने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिन सम्म जुठो बानेनुन नखाने तर मासु नियमित खाने गर्छन । उनीहरुको मुख्य जाति कल्यालरासकोटीराजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो ।

राउटे जातिभित्र नेतृत्वका लागि पनि ठुलै विवाह हुने गरेको छ ।राउटे जातिको उत्थानका लागि मासिक भत्तामा सरकारले बृद्धि गनुपर्ने रकम नगद दिँदा दुरुयोग हुने गरेकाले सामागि्र सहयोग गने तफ ख्याल गनुपने
स्वास्थ्य उपचारका लागि महिना(महिनामा घुम्टी शिविरको प्रवन्ध गनुपनेजातिको संरक्ष्ण् गर्ने वा स्थायी रुपमा बसोबार गराउँने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपनेबालबालिकाका लागि बैकल्पिक शिक्ष्को प्रवन्ध गनुपनेमहिलाहरुलार्इ व्यवसायीक सिपमूलक रुचि अनुसारका तालिमहरु सञ्चालन गनुपने देखिन्छ ।

राउटेहरुको उत्पत्तकि सम्बन्धमा किंवदन्ती
कल्याल ठकुरी र रास्कोटी ठकुरी गरी राउटेमा दुर्इ जाति रहेका छन्‍ । कल्याल ठकुरीको सख्या बढी रहेको छ । राउटेबारे एक किंवदन्ती छ संसारमा चार जातका मानिस छन ।ब्रहमाका सन्तान ब्राहमण् । विष्ण्का सन्तान ठकुरी । महेशका सन्तान मगर (मंगोलर विश्वकर्मका सन्तान लोहर । यीमध्ये विष्ण्का सन्तान ठकुरीहरु फकोटमा बस्थे । उनीहरु सात भार्इ थिए । एक दिन ती सातभार्इ र बाबु समेत भर्इ भात खान बसेका थिए । ८ वटा थालमा भात पस्किएको थियो । खानेबेलामा माइलो भार्इ अचानक सन्कियो र बाबुको थालको भात समेत आफ्‍नो थालमा खन्याएर खान थाल्यो । आफु भोकै बस्नुपने भएपछी बाबु रिसायो र मेरो भाग किन खाइस्‍। मलाइ किन भोकै पारिस भन्दै भम्टीयो । अन्य ६ भाइले छुट्‍याए । त्यसपछी माइलो भाइ डरायो र भन्यो भैगो मलाइ नमार । मलाइ छाडी देउ । म बरु अन्तै गएर बसुँला । त्यसपछी उ भागेर फुकोटको ओरालो भmर्दाभmर्दा धेरै पर जंगलमा गइ काठको काम गरेर घुमन्ते जीबन बिताउन थाल्यो । त्यही माइलो ठकुरीका सन्तान राउटेहरु हुन्‍। त्यसरी फुकोट लाइ राउटहरुको मुलथलो मानिएको हो ।नेपालको महत्वपूर्ण् घुमन्ते जाति मध्यको राउटे आफुलाइ वनको राजा भएको दावि गर्छन्‍ । भारतको मध्य प्रदेशमा रावतहिमाञ्चल प्रदेशमा रंका नामका वन मानिस पाइए भै नेपालमा राउटे नामका वन मानिस पाइन्छन । कुसुन्डाजस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यिनीहरु  कृषि  र पशुपालन पेशा अपनाइ‍ नसकेको जंगली जाति वा  जनजाति पनि हो । यो जातिका बारेमा नेपालीलाइनै राउटेका बारेमा थाहा छैन र यो जाति पनि नेपाली हो भन्ने ज्ञानसमेत छैन । राउटेलाइ मान्छे हो भनौं भने गाउँमा बस्दैनमान्छे होइन भनौं भने मान्छे हो। राउटेहरुले आफ्‍नो उत्पत्तस्थल पश्चिम नेपालको फुकोट क्षेत्र  हालको सेती अञ्चालको सेती नदि र पूर्वमा प्यूठानको माडि नदीको बिचको क्षेत्र  बताउँछन । पूर्वमा प्यूठान र जाजरकोटपश्चिममा अछाम र डोटीउत्तरमा जुम्लाडोल्पा र दक्षिणमा दाङ्ग बाँकेसुखेतकालिकोटदैलेख जिल्लाका नदि किनार जंगली क्षेत्रमा  तिनीहरुको प्रमुख बास स्थान हुन। जातिपातिका दृष्टिले खेतीपाती गरी राजाको तिरो तिरी खाने र स्वतन्त्रपूर्वक जंगलमा घुम्ने राउटे गरी जम्मा दुइ जातमात्र छन्‍ भन्ने गरिन्छ । उनीहरु कहिलेदेखि उत्तक्ष्ोत्रमा छन भन्ने कुराको पुष्टि भर्इनसके तापनि हजारौं बर्ष्देखि बस्दै आएको अनुमा गरिन्छ । राउटे शब्दको व्यत्पत्तकि  राउटे शब्दबाट राजपुत्र राअउत(राउत(राउते हुँदै राउटे शब्द बनेको अनुमान गरेका छन । र यिनीहरु आफुलाइ राजाका हेपिएका भार्इका सन्तान बताउँछन्‍ भनेर लेखेका छन |

खानपान :
राउटेहरुले आफुलाइ बनराजाका रुपमा प्रस्तुत गर्दछन्‍ र बँादरढेडुवाको सिकार गर्छन्‍ । वनका कन्दमुल खान्छन्‍ । गोरस खाँदैनन्‍ । लोग्ने मान्छेहरु सिकार गनेकाठका भाँडा बनाउने गर्छन्‍ भने आइमाइहरु दाउरा बटुल्ने कन्दमुल खोज्ने र खाना बनाउने गर्दछन्‍ । राउटेहरु चोट लागे खोटो टाँस्छन्‍ । टाउको दुखे भmारपात खान्छन्‍ । घस्नुपर्दा खरानी घस्छन्‍ । भmरफुक पनि त्यतीकै गर्छन्‍ । विरामी परेमा स्वास्थ्य उपचार भन्दापनि उनीहरु थामी भाँत्रि बसालेर ग्रह काटनेभुतको भाग फाल्ने गर्छन । यिनीहरु स्याउलाका अस्थायी छाप्रामा बस्छन्‍ तर गाँउमा कहिल्यै बस्दैनन्‍ । एक ठाउँमा १५(२० दिन या एक महिना भन्दा बढी पनि बस्दैनन्‍ र एक पटक बसेर छोडेको स्थानमा १२ देखी १४ बर्ष्को भन्दा अगाडी फर्किदैनन्‍ । यिनीहरु खोलाको बग्ने पानी खाँदैनन्‍ र मूलको पानी मात्र खान्छन्‍ । यिनीहरु रुपियाँ पैसाको संग्रह गर्दैनन्‍ । बन्चरो बछुला भने जहिले पनी साथै लिएर हिड्‍छन्‍ । यिनीहरु अरुजस्तो गफ ठट्‍टा गरेर समय बिताउदैनन्‍ बरु खाली समयमा टुनीखिर्रोसिमल आदिका काठका आरीसन्दुस जस्ता भाँडा बनाइरहन्छन्‍ । एक ठाउँबाट उठेर हिडे भने पछाडी फकेर हेर्दा पनि हेर्दैनन्‍ । कसैको सित्तैमा लिनेmुठो बोल्ने र ठग्ने कहिल्यै गर्दैनन्‍ कसैले ठग्न खोजे रिसाउँछन्‍ । चाडपर्वमा हिन्दु धर्म संस्कारका अन्य जातिका मानिसहरुले जस्तै गरी सेल रोटी बनाउनेमाशुको जोडजाम गने र रमार्इलोसंग खानपिन गने गरेका छन्‍ ।

 भेषभुषा:- 
 जुत्ताचप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तफ उन्मुख भएको छ । उनीहरु खुट्‍टाको सुरक्ष्ाका लागि भन्दै जुत्ताचप्पल लगाउन थालेका छन्‍ । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गने उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तफ विस्तारै आत्रशित हुन थालेका छन्‍ । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्‍युँमा गादोशिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्‍टा भएको खस्रो कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन्‍ । जोडोको सयममा ठेटुवाका रुमाल ओडने गर्छन्‍ ।
गहना गहना :
अन्य जातिका महिलाहरुमा सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाइ महत्वदिर्इदैन्‍ । धेरै मूल्य पने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण्ा सुनको प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलामपित्तलआल्मुनियम बाट बनेका गहना कानघाँटी र नारीमा लगाउँछन्‍ ।

शारीरिक बनोट :-
 सरसफार्इमा खासै ख्याल नराख्ने राउटे जाति अहिले परिवर्तन हुँदै गएको छ । यिनीहरुको शरीरको बनोट होचो कदचोडाछाती छोटा हात खुट्‍टा बाटीएका पिडौला । पातला दाह्री जुगांखस्रा केशशरीरमा कम रौं राउटेको शारिरीक पहीचान हो । राउटेहरुको शारीरिक बनोटमा बारेमा योगी नरहरिनाथ कोमत अनुसार अग्लो कदरातो बर्ण्सुगठित मांसपेशीसुदृढ हाड भएका हुन्छन्‍ । शारिरीक बनोटका बिष्यमा यात्री र योगी र अन्य कुरामा मिल्दो जुल्दो नै बताए पनि कदका बिष्यमा भने बिरोधाभाष् छ । एउटाले छोटो कद र अर्काले अग्लो कद बताइनु सायद आ(आफ्‍नै कदका राउटे भेटाएछन्‍ । शारिरीक सरसफार्इमा खासै ख्याल नराख्ने उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउन्‍दारीजुँगा काटने र सरसफार्इलार्इ महत्वका साथ गने गरेका छन्‍ ।

भाषाशैली :- 
 आफ्‍नो मातृ भाष्ा के हो भन्ने बारेमा अहिलेका राउटेहरुलार्इ जानकारीनै छैन्‍ । इतिहास विद्धका अनुसार राउटेहरुले बोलने भाष्ा खाम्ची भाष्ा हो । यिनीहरु पनि कुसुन्डाहरुले भै दुध खाँदैनन्‍ । हरेक पूण्िमामा अक्ष्ता र फलपातीले मष्टाको पुजा गर्छन । मष्टा बाहेक भुयाँर र सुर्यको पनि पुजा गर्छन । यो जातिको अनुवांशीक नाता अस्टेलोइट परिवारसंग निकटष्थ रहेको अनुमान समेत गरिएको छ ।

जनसंख्या :-
सुखर्ेतदैलेखदाङकालिकोटजाजरकोट जिल्लाका भेरी नदि किनारमा बसोबास गने राउटे जातिको एकिन तथ्याङक भने कसैसंग रहेको छैन्‍ । आफ्‍नो नाम र जनसंख्या लुकाउने उनीहरुले सरकारले दिएको मासिक भत्ता बुभmदा समेत बास्तविक तथ्याङक दिने गरेका छैनन्‍ । जनसंख्या बताउँनु धार्मीक रुपमानै बन्देज रहेको राउटेका मुखियाले बताउँछन्‍ । यस क्ष्ोत्रका जंगली क्ष्ोत्रमा पार्इने राउटेको संख्या हाल डेढ सयदेखि दुर्इ सयको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । बालबालिका पनि ४० जनाको संख्यामा हुन सक्ने राउटेका क्ष्ोत्रमा काम गने संस्थाको तथ्याङकले देखाएको छ ।यिनिहरुको संख्या अधिराज्यभर जम्मा जम्मी २ सयको संख्यामा रहेको मानव शास्त्रिहरुको एक मत रहेको छ । रार्इनहार्डले चाहि १०५ देखि १४० जना सम्म हुन सक्ने अनुमान गरेका छन्‍ । मेचीदेखि महाकालिको राउटेसम्वन्धी विवरण्मा पनि राउटेको संख्या १०४ देखि १४० सम्ममात्र भनिएको छ । २०४८ सालको जनगण्ानामा भने राउटेको संख्या ९५५ पुरुष्ा र २१२३ महिला गरी २८७८ उल्लेख भएको छ । जसलार्इ सवै मानव शास्त्रिहरुले गम्भीर त्रुटि भनेका छन्‍ । २०५८ सालको जनगण्नाअनुसार यस जातिको जनसंख्या ६५८ जना रहेको छ । 

विवाह प्रथा :-
हिन्दु धर्म मान्ने यो जातिको विवाह प्रथा अन्य जातिको जस्तै रहेको छ । केटाको तफबाट केटी माग्न केटाको बुबा र मुखियालार्इ लिएर जाने गरिन्छ । तर पहिलेको जस्तो मागेर विवाह गने संस्कार हटदै गएको राउटेका बताए । उनका अनुसार हाल केटा र केटीको मायापि्रति बसेमा भागेर विवाह गने गरेका छन्‍ । भाजुसंग यिनिहरुको हेलमेल हुने गर्दछ । रास्कोटी र कल्याला ठकुरी गरी दुर्इ जाति भएकाले एक जातिमा नभएरे अन्तरजातिय विवाह गने गरेका छन्‍ । राउटेहरुले विवाह गर्दा बंशान्तर विवाह गने गर्दछन्‍ । एउटै बंशभित्र विवाह गनुलाइ पाप कर्म ठान्दछन् । विवाह परम्परामा उनीहरुले ब्राहमण् तोकेर त्यहि व्यत्तmि माफत कर्मकाण्ड गने गर्दछन्‍ । १५(१६ बर्ष्कै उमेरमा यो जातिमा बालविवाह हुनेगरेको छ । बाल विवाहका कारण्ा बालबालिकाहरु अस्वस्थकर जन्मनेकुपोष्ित हुनेआमा कम्जोर हुनेआमा र बच्चाको ज्यान समेत जोखिममा पने गरेको छ ।

धर्म संस्कृति :-
साउने संत्रान्तिदशैपुष्ोमाघे संत्रान्तिचैत दशै जस्ता चाडपर्व मान्ने गर्दछन्‍ । दशैमा मान्यजन संग हिन्दु परम्परा जस्तै गरी टीका लगाउँछन्‍ । खसीकुखुराभेडाको बली चडाउँछन्‍ । जाँड रक्सीमासु खान्छन्‍ । नाच गान गरेर रमार्इसंग पर्वहरु मनाउने गर्दछन्‍ । खानामा भातपुवा खान मन पराउँछन्‍ । अरुले मारेको वा अरुले मारेको जनावर वा आफै मरेको जनावारको माशु खाँदैनन्‍ । बाँदर र गुनाको मासु काचै पनि खान्छन पोलेर पनि खान्छन्‍ । आफैले देखेको जिचमा मात्रै विश्वास गर्दछन्‍ । आफुले बनाएका काठका भाँडा गाउँ गाउँमा पुगि अन्न संग साटेर अन्न लिएर जंगल फर्किन गर्दछन्‍ । आफुले जानेका उखान टुक्कालार्इ सुनाउने सिकाउने गर्दछन्‍ । जमिनमा अनय परम्परा जस्तै गरी खेती गर्न मन पराउँदैनन्‍ । लोग्ने मानिस नाचछन्‍ तर महिलालार्इ नाचन दिँदैनन्‍ । आफ्‍नो घर राउटे भन्दा बाहिर वस्न मन पराउँदैनन र अरुलार्इ पनि वस्तीघरमा पस्न र वस्न दिँदैनन्‍ । लोग्न मानिस र विदुवा आर्इमार्इ बाहेर अरुलार्इ गाउँ प्रवेश गर्दैनन्‍ । 

अन्तीम संस्कार :-
 राउटेहरु मान्छे मर्दा गाडने गर्छन । गाडदा मृतकका भाँडाकुँडा कपडा उसले सिकारमा लैजाने जालबन्चराको विडसवै लाससंगै राखेर माटाले पुरिन्छ र माटाले ढुँगाले थिच्ने काम गरिन्छ । मान्छे मरेको १३ दिनमा चोखिने काम हुन्छ । साना बालबालिका मरेमा ९ दिनमै चोखिन्छन्‍ । किरिया वस्दा नुन खाँदैनन्‍ । अरुको घरमा जाँदैनन्‍ । टोपी फेटा लगाउँदैनन्‍ । भात मात्रै खान्छन्‍ । आफ्‍नै जातिमा एक जनालाइ ब्राहमण् तोकेर त्यही व्यत्तmिमाफत कर्मकाण्ड गने गर्दछन

मनकामना भगवती

https://blogger.googleusercontent.com/img/proxy/AVvXsEhu95Ax3cvkZsGV_V_b2TJhIyxmSZMeIf78c3AmX3ijTrNKn46H-IG8EpYC9i630HfGhCWh1cwwQgCuBPUmTdTgdc5YvvNNdwvpwxBXBVXq8DbHTe2HhJ5IidJbHQOfrD9zEepmMCWX-tprMVd4vxBA9Pi3WViBN7gu10CK7g=काठमाडौंबाट करिब १ सय ४ किलोमिटर पश्चिम गोरखा जिल्लामा पर्ने भगवती मनकामनाको मन्दिर अत्यन्त प्रसिद्ध र ऐतिहासिक महŒवको तीर्थस्थल हो।
मनकामना माईको भाकल गरे, चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ। गोर्खाका राजाहरूले राज्य विस्तार गर्दा मनकामना माईको आशीर्वाद पाएका थिए भनिन्छ।
मनकामना माईको थानलाई धेरै अघिदेखि गोर्खाली राजाहरूले सुसज्जित गराउँदै शाहवंशीय मन्दिरको रूप दिँदै आएका छन्। खास पूजा हुने ठाउँमा एउटा खाल्टोमा पाँच शिला ठडिएका छन्। यसमध्ये दुई ठूलालाई मनकामना र भैरव तथा अन्य तीन सानालाई क्रमशः गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ।
पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौंको मैतीदेवी भगवतीसँग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण पाइन्छ।
त्यसैले मनकामनाको नित्य पूजाको जिम्मा थापामगरको भए तापनि त्यहाँ वैशाख सुदीबदी र मंसिर सुदीबदीको गुठी पञ्चमी पर्वमा चाहिँ झ्वाहलका गुभाजूले पुरोहितको काम गर्दछन्।
मनकामना मन्दिरमा विभिन्न धार्मिक संस्कारको मिलन देखिन्छ। मगर पुजारी स्थानीय आदिम विश्वासको प्रतीक हो। हिन्दू श्रेष्ठद्वारा देवीको सुसारेको काम गरिन्छ। गुठी पञ्चमीको पर्वमा बौद्ध गुमाजूको तान्त्रिक विधि गरिन्छ भने मन्दिर पेटीमा अर्याल र मरहट्ठा बाहुनहरू पुराणवाचन गर्दछन्।
मनकामना माईको उत्पत्ति राजा राम शाह (ई. १६१४१६३६)को पालामा भएको हो। किंवदन्ती अनुसार राम शाहकी रानी लीलावती देवीकी अवतार थिइन्। यसको ज्ञानको उनका भक्त लखन थापामगरलाई मात्रा थियो। एकपटक राजाले आफ्नी रानीलाई अन्य देवीदेवताको माझमा भगवती देवीको रूपमा सभामा बसिरहेको देखे। वास्तविकता थाहा पाएपछि राजालाई रानीले भनिन्यो कुराको जानकारी हजुरलाई नभएको भए मैले हजुरलाई चक्रवर्ती राजा बनाउने थिएँ।
आजभन्दा करिब तीन सय वर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउँमा एउटा किसानले हलो जोत्दा एउटा ढुंगामा ठेस लागेछ र ढुंगाबाट दूध र रगत बग्न थालेछ। यो  सुनेपछि लखन थापाले त्यहाँ तान्त्रिक पूजा गरे र त्यसपछि रगत रोकियो। सोही थलोमा देवीको स्थापना गरियो। यो घटनापछि गोर्खाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए। यहाँका मूल पुजारी सुरुदेखि नै रैथाने थापामगर छन् र हालको मगर पुजारी पनि लखन थापाको १७१८ औं पुस्ताका सन्तान हुन्।

आलमदेवीको कथा र यसको इतिहास

स्याङजा जिल्लाको रिडी लसर्घा स-साना बान्कि परेका थुम्का थुम्कि, नागबेली परेका नदि नाला, बाँदरे भिरपाखा तथा मनोरम बेशीहरुको प्राकृतिक सौन्दर्यताले गर्दा अत्यन्तै रमणीय देखिन्छ । पूर्बतिर लतमन्न पसारिएका प्रसिद्द हिमाल अन्नपूर्ण र माछापुछ्रे , पश्चिम उत्तर धौलागिरि हिमालको कहाली लाग्दो गगनभेदी उचाईको दृष्यले यसको सुन्दरतामा चार चाँद नै लगाएको छ । तल पट्टी अबिरल बग्ने कालीगण्डकी र यसको सौम्य र शान्त बहाबले त झन् यस्को सुन्दरतालाई झनै निखारी रहेको छ । श्रिनगर डाँडो र तात्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा गण्डकीको तिरमा बनाएको रानीमहल जस्तो सामरीक महत्वको दृष्याबलोकन यहाँबाट प्रष्ट गर्न सकिने हुँदा यहाँको सुन्दरता बयान गरेर साध्य नै छैन ।
alamdevi syangja
यहाँ बग्ने चिसोहावा र शितलताको माधुर्यतापूर्ण स्पर्शले गर्दा शरिरका प्रत्येक अंगहरु आफैमा जागृत भए जस्तो भान पर्न थाल्छ । हरियाली भिरपाखाहरुमा देखिने सुगन्धित फूलहरुको मोहनीलाग्ने सुन्दरता र तिनीहरु प्रतिको आकर्षणले त झन सोर्ह बर्षे बैंश र ति दिनका रागहरुको तिर्सना नै मेटाईदिन्छन् । उच्चभूमी नै भएर होला निरन्तर बेगमा बग्ने पवनको मिठासपूर्ण गुञ्जन र भीमकाय डाँडाहरुको सुन्दरतम दृष्यले कता कता मनमा काउकुती लगाईदिन्छ र त्यहि शितल बहाब संगै खेल्न मन लाग्छ अनि उडेर तिनै भीमकाय डाँडाहरुमा टेक्न पनि मन लाग्छ । भौगोलीक विकटता आखिर जिल्ला भरि कहाँ नै पो छैन र ! यहि विकटता पार गरीसके पछीको स्वर्गिय आनन्दको अनुभूति सबैतिर नपाईन पनि सक्छ तर आलमदेबीको बासस्थान भूमि र यहाँ आईपुग्दा मनमा घट्ने उल्लासता सबै स्थानको भन्दा उच्च रहेको महशुस हुन पुग्छ । हुन त मेरो शरिरको अवतरण यस भूमिमा भएको थिएन तापनि यहाँ पुग्दा यस्तो लाग्थ्यो मानौं ‘मेरा सयौं जन्महरु र जिवनगाथाका अनेकौं गीतहरु आज पनि यिनै पाखा, पखेरा र कन्दराहरुमा कालीगण्डकीका शुसेलीहरु सँगै शदियौं देखि गुन्जिई रहेछन् र बोलाई रहेछन् हर पल।‘ यसैले यस पावन भूमीमा पहिलो पाईला टेक्दा जो कोही पनि मन्त्र मुग्ध हुन पुग्छ र जिवन नै धन्य भएको महशुस गर्न पुग्छ ।

शाह बंशका प्रथम ब्यक्ति भूपाल राणाजी राव ई.स.१५०१ तिर (इतिहास शिरोमणि बाबुराम आचार्यको अनुसार ) भारतको राजस्थान प्रान्तको मेवाढ जिल्ला चित्तौडगढबाट पश्चिम नेपाल डोटी , दुल्लु , जुम्ला हुँदै पाल्पाबाट स्याङजाको लसर्कामा आई बसोबास गरेका थिए भन्ने भनाई रहँदै आएको छ । देख्नमा अँग्रेजी अक्षेर ‘यु’ आकारको बनाबटमा रहेको कालीगण्डकी बिचको उच्च डाँडोको समथर भू-भागलाई आफ्नो रजस्थल केन्द्र बनाई हाल आलमदेबी मन्दिर रहेको ठाऊँ नै नेपालका ठकुरी शाहबंशीय राजघरानाहरुको उदगम स्थल रहेको तथ्य इतिहासमा प्रष्ट भैसकेको छ ।

आलमदेबीलाई खासगरि भूपाल राणाजी रावका दुई छोरा मध्ये एक खाञ्चा खाँन तथा उनि र उनका सन्ततिले बिस्तार गरेका राज्य भीरकोट , गर्होंकोट तथा ढोर र अर्का छोरा मिञ्चा खाँन र उनि र उनका सन्ततिले बिस्तार गरेका राज्य नुवाकोट(स्याङजा), सतौंकोट(स्याङजा), कास्कीकोट, लमजुङ र गोर्खा राज्य अन्तरगतका खाँण, शाह तथा शाहीहरुले आफ्नो कुलदेबीका रुपमा पुज्दै आएका छन् । सबै उपलब्ध सामग्रिहरुको अध्ययन अनुसन्धान र यसको इतिहासलाई कोट्याउँदै जाँदा सबै लेखक, इतिहासकार यबँ टिप्पणीकारहरुबाट मिल्दा जुल्दा कुराहरु नै पाईएका छन् । ईस्बि सम्बत १५०० ताका भारतमा मुस्लिम राजाहरुको निकै ठुलो दबदबा थियो। यिनिहरुको भिषण आक्रमणलाई थेग्न नसकी भूपाल राणाजी राब पनि पलाएन भई नेपाल छिरेको कुरा इतिहासकारहरु बताउँछन । यसैक्रममा आफू र आफ्नो परिबार सँगै आफ्नी ईष्टकुल देबीलाई पनि साथमै ल्याएका थिए यिनले । बिशेष श्रद्दाका साथ डोलीमा राखेर ल्याएकी देबीलाई भुईँमा राख्न नहुने हुँदा निकै सतर्कता अपनाईएको थियो र राजालाई देबीले सपनामा आई “ मलाई भुईंमा नराख्नु ” भनी आदेश समेत दिएकी रहिछन् । जहाँ जहाँ रात पर्थ्यो र बास बस्नु पर्ने हुन्थ्यो, देबीको डोलीलाई बिशेष सुरक्षाका साथ भुईंमा नराखी जमिन भन्दा माथिनै अड्याएर राखिन्थ्थो होला सायद रुखमा या काठको गल्छेडो बनाई डाँडी झैं झुण्याईन्थ्थो होला । यसैक्रममा ल्याउँदा ल्याउँदै पाल्पाबाट स्याङजा सिमाना छिर्ने बेलामा लसर्का बिर्घामा आईपुग्दा रात परेछ र सबैजना बास बसेछन् । देबीको डोलीलाई पनि नजिकै भिमसेनपातीमा राखिएछ । बिहानपख ‘अब त हिंड्नु पर्यो’ भनि डोलेहरुले डोली लिन जाँदा डोली रित्तै पाएछन् र हस्याङ फस्याङ गर्दै राजामा सो कुराको जाहेरी चडाएछन् । त्यसपछी सबै गाउँलेहरुलाई जम्मा गरि देबीलाई खोज्न लगाईएछ र खोज्दै जाँदा देबी त्यही भूमीमा भासिएको पाएछन । भए भरको तागत र बल लगाउँदा पनि देबीलाई बाहिर निकाल्न नसके पछि राजा सहित सबैजना निरास हुन पुगेछन । तर त्यसै दिन सपनामा आई देबीले राजालाई भनिछन् “ तिमीले मलाई छाना नभएको मुण्डा मन्दिर बनाई बिधिपूर्वक यहीं पूजा गर ” भनेकाले राजाद्वारा त्यहिं नै देबीलाई प्रतिस्थापन गराई बिधिपूर्वक पूजा शुरु गराएछन् ।
दोश्रो जनश्रुती अनुसार : भूपाल राणाजी राबकी छोरी ”सदल”लाई सम्राट अकबरले बिहेको लागि माग्दा नदिएपछि उनको राज्यमा अकबरले आक्रमण गरेछन् । यस पश्चाद सदलले आत्म हत्या गरिन् र भूपाल राणाजी राब दिल्ली छाडी उज्जैनमा गएर बसेछन् । त्यहाँ यिनीहरुका दाजुभाई बिचमा झगडा पर्न गएछ । केहि समय पश्चात राती राती सपनामा “एकभाई उत्तराखण्ड जाउ”भनेकाले यिनी आफ्नो सबै बन्दोबस्ती सहित उत्तरतर्फ लागेछन् । उत्तरखण्डको यात्रामा देबीलाई पनि संगै लिएर आएछन् र राती सुत्दा समेत देबीलाई हातैमा लिएर सुत्ने गर्थे रे । स्याङजाको लसर्घा सम्म आईपुग्दा भिमसेनपाती नेर बासबस्दा निद्रामा देबी हातबाट खसिछन् र भनिछन् “ तिमीले बेलुका खाएको पानी रक्सी पारेको पानी थियो, अशुद्द पानी खाएकाले म तिम्रो हातमा बस्दिन” यती भनेर देबी त्यहीं नै बासबसेको ठाउँमा अलप भईछन् ।

तेश्रो जनश्रुति अनुसार : रिडीको वारिपट्टी स्याङजातर्फ एउटा शिला छ जसलाई ‘हनुमान ढुङ्गो’ भन्ने गरिन्छ । हनुमानको प्रिय बस्तु सिंदुर भएकाले त्यस ढुंगालाई पनि हनुमान मानी सिंदुरले पोतेर पूजा आजा गर्ने गरिन्छ । भूपाल राणाजी राब पहिले त्यहीं आएर बसेछन् । हिंड्ने बेलामा कुलदेबीको मुर्ति चलेनछ र राजाको घोडापनि हिंडेनछ । जति नै प्रयास गरेपनि घोडा नहिंडेकाले रिडीघाटको बोटेले “ बुझ्नु न सुझ्नु कोर्रामात्रै हिर्काउने” भनेछ । त्यो सुनेर के भनेका हौ ? भनेर सोधेछन् । ति आगन्तुक राजाका अरु ३ भाई पनि रहेछन् । बोटेले भनेछ “ त्यहाँ बाँगे देउता छन् , तिनलाई च्वाँचे(सुँगुर) चढाउनु पर्छ।“ बाँगे भनेको च्वाँचे हो । त्यसपछी च्वाँचे किन्न पठाएर बली चढाई पुजा गरेछन्।

पूजाको प्रसाद भनेर च्वाँचेको मासु खानु पर्ने रहेछ । भाईहरुलाई खाउ भन्दा नमानेर तपाईंले पूजा गरेकाले तपाईं नै खानुस भनेछन्।प्रसाद नखाए देउता रिसाउने डर,खाए जात जाने डरले राजालाई पिरोलेछ । देउताकै डर मानेर राजाले प्रसाद खाएछन् ।“अभक्ष्य खायौ,अब तिमी मास्सियौ” भनेर भाईहरुले दाजुलाई छाडेर हिंडेछन् । त्यसपछि यिनले त्यहीं मगरकि छोरी बिहे गरेर देबीको पूजा चलाएर बसेछन् । भाईहरुले “ मास्सियौ “ भनेकाले यिनी मास्की मगर कहलाएछन् । आजसम्म पनि आलमदेबीको पूजा यिनै मास्की थरका मगरले गर्दै आएका छन् ।

अहिले आलम देबीको पूजा गरिने ठाउँमा प्वाल थियो रे । त्यहि प्वालमा देबी अलप भएकी हुन् भनिन्छ । यस प्वालबाट पैसा खसाल्दा निकै नै तलसम्म गएको आवाज सुनिने कुरा बुढापुरानाले भन्ने गरेको पाईन्छ र हाल यो प्वाल बुझिएको अवस्थामा रहेको विस्वास गरिन्छ । खासगरि यहाँ देबीको प्रतिक स्वरुप पत्रे शिला र त्रिसुलको पूजा गर्ने गरिन्छ । मन्दिर पनि देबीकै ईच्छा बमोजीम छाना नलगाइएको खुला नै छ । मन्दिरको एकापट्टी दशैंमा सुंगुरको बलि पनि दिईने गरिन्छ । यस मन्दिरको यत्रतत्र खुँडा र खुकुरी छरिएको देख्न पाईन्छ । यि हतियारहरुलाई दशैंको बेला साँद लाउनकालागि दरबन्दी पनि गरिन्छ । यि हतियार कुनै युद्दमा प्रयोग गरिएका नभै लाहुरेहरुले बिदेशमा जाँदा सकुशल फर्कन पाउँ भनि देबीलाई चढाएका हतियार हुन् रे । यो हतियार चढाउने परम्परा अहिले पनि चालु नै रहेको छ। यहाँका धेरै हतियारहरु दोश्रो बिश्वयुद्दमा लाहुरेहरुले चढाएको कुरा स्थानियबासीहरुले भन्ने गर्छन् ।

आलमदेबीको मन्दिर निर्माण, बिकासक्रम र यस्को जिर्णोदारको इतिहासलाई खोज्दै जाँदा बि.स. १८९८ मा श्रि ५ रणबहादुर शाहबाट गुठीको ब्यवस्था गरी मास्के थरका मगरजातीका पुजारी समेत नियुक्त भएको तथ्य पाईन्छ र यिनै मास्के जातका मगरहरुले आजसम्म पनि पुजा गर्दै आईराखेका छन् । २००४ सालमा कमाण्डर इन चिफ रुद्रशमशेर राणा र २००९ सालमा तत्कालीन भिर्कोटे राजा (बडाहाकीम) तारकबहादुर शाहलाई जिर्णोदारका लागि खटाईएको थियो । २०१४ मा राजा महेन्द्रको पश्चिमाञ्चल पैदल यात्रा हुँदा यस मन्दिरमा सवारि भई पाटी पौवा बनाउन केही रकम पनि दिइएको इतिहास पाईन्छ । यसै गरि २०३३ सालमा श्रि ५ बिरेन्द्र पोखरा सबारि हुँदा दशैंघर , पाहुना घर र सतल निर्माणका लागि रु ५५०००.०० आर्थिक सहयोग दिएका रहेछन् ।

पूजारीको नियुक्ति र पूजा व्यवस्था : आलमदेबीको पूजा मास्की थरका राना मगरले गर्ने परम्परा रहेको छ । सो पूजा ५-७ बर्ष देखि बढीमा १४ बर्ष उमेरसम्मका कुमार केटाहरुले मात्र गर्नु पर्छ । त्यो उमेर नाघ्नासाथ पूजारी फेर्नु पर्ने रहेछ । मन्दिरको बीचमा धुर्सुको रुख छ,त्यसैको फेदमा चक्र परेजस्तो पत्रेशिला रहेको छ र यहि शिलामा नै पूजा गर्ने गरिन्छ । त्यो रुख भूपाल राणाजी राब कै समयदेखि यथाबत छ भन्ने विस्वास रहेको छ । झण्डै पन्हौं शताब्दीको शुरुकाल देखि । आफ्नो बाल्यकाल देखिनै यस रुखलाई देख्ने ले जहिले पनि यो रुख त्यस्ता को त्यस्तै रहेको भन्ने गर्छन । त्यहाँ पूरानो दमाहा र कर्नाल रहेको छ । शाके १७०८ लेखेको दमाहा र एउटा कर्नाल सहित १०० मुरी खेत मन्दिरका नाममा चढाईएको कुरा दमाहामा लेखिएको छ । त्यो दमाहा र कर्नाल बिहान बेलुका नगरा लगाउन बजाईने गरिन्छ । पूजा चलाउने परम्परा पनि पूजारीका सन्तान दर सन्तानले गर्दै आएका छन् । कथंकदाचित पूजारीका पूरुष सन्तान भएनन् भने दाजुभाईका सन्तानहरुबाट पूजा चलाउने परम्परा रहेछ । गुठीका कागजपत्रहरु पूजारी संग रहेको र यस्को आयस्ता बिभिन्न दरबन्दीका कर्मचारीहरुले पाउने रहेछन् । यि कर्मचारीहरुको मुख्यकाम :फुल टिप्ने,खुँडा खुकुरीमा साँद लगाउने,नगरा बजाउने,पूजाका भाँडा माझ्ने,मन्दिरको सरसफाई गर्ने ईत्यादी रहेको छ । आलमदेबीमा नौनी घ्यूको धूप चढाईने गरिन्छ यसैले यहाँ नौंनी घ्यूको थुप्रो लाग्ने गर्छ । यहाँ चढाउन ल्याईएको नौंनी र बोकाको टाउको पूजारीले तोकेको दस्तुर तिरी अरुले पनि लैजान मिल्ने बनाईएको छ । यहाँ बोका, राँगा, कुखुरा, परेवा आदीको बलि दिईने गरिन्छ ।

आलमदेबीको मन्दिरदेखि २ कि.मि. जति पश्चिम-दक्षिणमा तलतिर एउटा कुवा रहेको छ । कुमार पूजारीले बिहान बेलुका त्यही कुवामा नुहाएर धोती फेरी कुवाको पानी ल्याई पूजा गर्नु पर्ने रहेछ । पूजा बिहान बेलुका नै गर्नु पर्ने रहेछ । १४-१५ बर्षको उमेरमा पूजारीबाट फुर्सद पाएपछी कुमार केटाहरु लाहुर जाने रहेछन् । यिनीहरुले पढ्न नपाउने रहेछन् । हाल आएर यि कुमार पूजारीहरुका लागि चलाईएको परम्परा समय सान्दर्भिक देखिंदैन र यिनीहरुलाई पूजाको साथ साथै शिक्षा र पूजारीबाट अबकास पाईसकेपछी रोजगारीको ब्यवस्था गरिनु पर्ने माग स्थानिय तहबाट उठीराखेको छ । तर राजा नै देशको सर्वेसर्वा हुँदा यिनीहरुकालागि केहि भएन भने अबका दिनहरुमा अरुले के पो गर्लान् !

आलमदेबी शाहबंशकी कुलायन हुनाले तिनको फूल प्रसाद बडादशैंमा राजदरबार पठाउने प्रचलन थियो । बेलाबेलामा राजाहरुको सबारी पनि भईनै रहन्थ्थो र हालसालै भएको हिमानी शाहको भेट-यात्रालाई पनि यसैको निरन्तरता मान्दा फरक पर्ने छैन । साथै स्याङजा, पाल्पा र पैंयूका खाँड, शाह यबं शेनबंशीहरुले यिनै देबीलाई आफ्नी कुलदेबीमानी पूजा गर्ने र पूजा चढाउने परम्परा रहँदै आएको छ ।

गोर्खाको मनकामना मन्दिर भन्दा पनि शसक्त र ऐतिहासिक महत्व बोकेको यस आलमदेवी मन्दिर तथा यसको आसपासको क्षेत्रलाई धार्मिक तथा प्रयटकिय स्थलको रुपमा बिकास गर्न सकेमा र आवस्यक पूर्बाधारहरुको निर्माण कार्यमा सबैतिरबाट जागरुकता देखाउन सकेमा हाम्रो जिल्लालाई देशभर चिनाउने काममा यो जति प्रबल माध्यम अरु कुनै हुने थिएन ।


ratna kafle
वालिङ-८, रामबाच्छा
हाल, काठमाण्डौ

सन्दर्भ सामग्रि: नेपालको ऐतिहासिक रुपरेखा२००८,आलमदेवी र शाह वंश२०३५, शाह बंशावली,खाँडहरुको बंशावली,भारतको इतिहास
बिशेष : महेश्वर शर्मा ( स्याङजाका चौबीसे राज्यहरुमा रुमल्लींदा )
थप - आंफैले देखे,जाने र सुनेका कुराहरु ।